सीजीको इओन ब्लेज गोल्ड सार्वजनिक

सीजीको इओन ब्लेज गोल्ड सार्वजनिक

काठमाडौंः सीजीले नयाँ स्मार्टफोन सीजी इओन ब्लेज गोल्ड सार्वजनिक गरेको छ । कम्पनीले यसअघि बजारमा ल्याएको सीजी इओन सिरिजमा नयाँ स्मार्टफोन इओन ब्लेज गोल्ड सार्वजनिक गरेको हो ।

नेपालको एकमात्र स्मार्टफोन उत्पादक कम्पनी सीजीले बजारमा ल्याएको नयाँ स्मार्टफोनमा एन्ड्रोइड मार्समल्लोमा ६.० मा आधारित अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर प्रयोग गरिएको यो स्मार्टफोनमा एक जीबीको ¥याम तथा १६ जीबी रोम छ । एसडी कार्ड प्रयोग गरी स्टोरेज क्यापासिटी ३२ जीबीसम्म बढाउन सकिन्छ ।

 

कम्पनीका अनुसार यो रेन्जमा नेपाली बजारमा मार्समल्लो ६.० अपरेटिङ सिस्टम प्रयोग गरिएको सम्भवत पहिलो स्मार्टफोन हो । यसमा ५ इन्चको २.५ डी आईपीएस डिस्प्ले प्रयोग गरिएको छ जसले स्मार्टफोन प्रयोगमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यो स्मार्टफोनमा १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा रहेको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।

बनावट र प्रविधिको आधारमा उत्कृष्ट यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि थ्रीजी, ब्लुटुथ, जीपीएसलगायतको सुविधा छ । २३ सय एमएचको ब्याट्री रहेको यो फोन कम्पनीले बजेट सिरिजमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो स्मार्टफोनको नेपाली बजार मूल्य आठ हजार आठ सय ८८ रुपैयाँ रहेको छ । कम्पनीले यो फोनको खरिदमा ग्राहकलाई ब्याक केस निःशुल्क प्रदान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.