सोमर्सबी एप्पल साइडर इटहरीमा पनि

सोमर्सबी एप्पल साइडर इटहरीमा पनि

काठमाडौंः सोमर्सबी एप्पल साइडर शुक्रबारबाट इटहरी बजारमा पनि बिक्री हुन थालेको छ । काठमाडौं, पोखरा र नारायणघाटमा सफल बजार विस्तारपछि गोर्खा बु्रअरी प्रालिले इटरीमा पनि आफ्नो उपस्थिति जनाएको हो ।

सोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५ प्रतिशत अल्कोहलको मात्रा रहेको छ । गुलियो र स्वादिलो रहेको सोमर्सबी पूर्णतया प्राकृतिक तत्त्वले बनेको र यसमा कुनै कृत्रिम स्वाद र रङ नमिसाइएको कम्पनीले जनाएको छ ।

महिला तथा पुरुष दुवैका लागि उपयुक्त सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त हुने कम्पनीले जनाएको छ । नेपालमा आएको छोटो समयमा सोमर्सबी एप्पल साइडर उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ ।

हाल सोमर्सबी एप्पल साइडर दुई सय ५० मिलिग्रामको बोतलमा उपलब्ध छ जसको मूल्य एक सय रुपैयाँ कायम गरिएको छ र यो १२ बोतलको कार्टुनमा उपलब्ध छ । कम्पनीले निकट भविष्यमा अरू विभिन्न सहरमा पनि यो पेय पुर्‍याउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.