यतीले पचास प्रतिशत हकप्रद सेयर दिने

यतीले पचास प्रतिशत हकप्रद सेयर दिने

 काठमाडौंः यती डेभलपमेन्ट बैंकको चौधौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा रुपेन्द्र पौडेललाई चयन गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७१/७२ को वासलातलगायतका विषय पनि पारित गरेको बैंकले जनाएको छ ।
साधारण सभामा विशेष प्रस्तावअन्तर्गत पेस गरिएको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्ने प्रस्तावसमेत पारित गरिएको छ । बैंकले सेयर स्वामित्व परिवर्तन भएपश्चात् कायम हुने चुक्ता पुँजीको आधारमा दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
साधारणसभाले उपयुक्त बैंक तथा बित्तीय संस्थासँग एकआपसमा गाभ्ने÷गाभिने वा विदेशी रणनीतिक साझेदार भिœयाउनेलगायत मर्जर, एक्युजिसनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.