एमालेबाट सुवास नेम्वाङ प्रधानमन्त्रीका उम्मेदवार
काठमाडौँ : नेकपा(एमाले) का नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताएका छन्।
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने जानकारी दिएका हुन्। तर यसबारेमा पार्टीले आधिकारिक निर्णय गर्न बाँकी छ।
सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !