प्रचण्ड नक्कली कुरा गर्दैछन् : ओली

प्रचण्ड नक्कली कुरा गर्दैछन् : ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) ले नक्कली आश्वासन दिन थालेको बताएका छन्।

वामपन्थी नेता तुल्सीलाल अमात्यको १९ औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘संविधान कार्यन्वयनका चुनौतीहरु' विषयको गोष्ठीमा उनले भने, अब बन्ने प्रधानमन्त्रीले मधेसका माग पूरा गर्छ भनेर नक्कली कुरा गरिरहेको छन्। मधेसका नाममा राजनीतिक गर्नेले मधेसीका निम्ति केही गरेका छैनन्।

उनले अहिलेको राजनीतिक घटनाक्रमले संविधान कार्यान्वयनमा जटिलता थपिएको बताए। उनले भने, यो राजनीतिक धुर्बीकरणले संविधान कार्यान्वयनलाई असहज बनाउनसक्छ।

संविधान कार्यान्वयन हुन नदिन धेरै शक्ति लागि रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई बर्बादीतिर जान नदिन जटिलताका माझ पनि संविधान कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्वत्ता व्यक्त गरे । उनले भने-, “नेकपा (एमाले)ले संविधान कार्यान्वयन गराएरै छाड्छ ।” उनले संविधानमा केही कमजोरी भए पनि देशका निम्ति संविधान बनाइएको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संसद्को निर्वाचन नभए देशमा संवैधानिक सङ्कट उत्पन्न हुने बताए । चैत्रमा सरकार परिवर्तन र स्थानीय निकायको चुनाव दुवै एकसाथ हुने उल्लेख गर्दै उनले अहिले सरकारमा जानका लागि केही मान्छेहरु ‘लिगलिगे दौड’ जस्तै होडबाजी गरिरहेको बताए ।

 

कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले माओवादीसँगको सहकार्य आवश्यक रहेको बताए। “असमयमा नै गठबन्धन टुट्यो । यसमा माओवादीको पनि कमजोरी छ । हतारमा पदीय आकाङ्क्षा माओवादीले पनि गर्‍यो”-उनले भने , “हामीले पनि ध्यान दिन सकेनौँ । नीति कार्यक्रम, बजेट पेस भइसेकेको अवस्थामा वर्तमान गठबन्धन जोगाउनु पर्दथ्यो ।”

उनले अब बन्ने सरकारले अघिल्लो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मुलुकको सार्वभौमसत्ताका लागि लड्ने जो सुकैलाई पनि एमालेको सहयोग हुने बताए । पूर्वप्रधानमन्त्री नेपालले मधेसमा नेपाल विरोध गतिविधि सञ्चालन भइरहेको भन्दै त्यो अत्यन्त डरलाग्दो भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता केशव बडालले तुल्सीलालले देखाएको बाटोमा हिँडेमात्र सच्चा सम्मान हुने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.