भर्ना नै नभएका विद्यार्थी पास भएको प्रमाणपत्र आएपछि..

भर्ना नै नभएका विद्यार्थी पास भएको प्रमाणपत्र आएपछि..

जाजरकोट : जाजरकोटको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ ।

जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो । निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश साह र स्थानीय भुर– ७ कै शैलेन्द्र रानालाई विद्यालयमा भर्ना नै नगरी हचुवाको भरमा कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागी गराएको भन्दै प्रमाणपत्र उपलब्ध गराएको नाम नबताउने सर्तमा एक शिक्षकले बताएका छन् ।

विद्यालयमा भर्ना नै नभएका फर्जी विद्यार्थीलाई कीर्ते परीक्षार्थी बनाई यस्तो अवैध काम भएको सत्य बाहिर आएपछि शिक्षकबीच मनमुटाव भएको छ । निमित्त प्रअ साहसँग टेलिफोन गर्दा सम्पर्क हुनसकेको छैन । यता जिल्ला शिक्षा कार्यालयले छानबिनपछि कारबाइ गरिने जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.