पाकिस्तानका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

पाकिस्तानका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौंः व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिले मंगलबारदेखि प्रस्तावित राजदूतका विषयमा सुनुवाइ गर्न प्रारम्भ गरेको छ।
समितिको मंगलबारको पहिलो बैठकमा पाकिस्तानका लागि प्रस्ताव गरिएकी सेवा लम्सालका बारेमा सुनुवाइ भएको छ ।


सुनुवाइका क्रममा राजदूत प्रस्तावित लम्साललाई नेपाल र पाकिस्तानबीचका सम्बन्ध सुधारका साथै आर्थिक, राजनीतिक, कूटनीतिक, व्यापारिक लगायतका सम्बन्ध कसरी सुधार गर्न सकिन्छ भनेर समिति सदस्यहरुले प्रश्न गरेका थिए ।

लम्सालले दुई देशबीचको सम्बन्ध सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा जानकारी गराएकी छन् ।

सुनुवाइ समितिको मंगलबार दिउसो दुई बजेका लागि अर्को बैठक बोलाइएको छ । बैठकमा प्रस्तावित थप तीन राजदूतका बारेमा सुनुवाइ हुनेछ ।
अब सुनुवाइ हुने प्रस्तावित राजदूतहरुमा ताराप्रसाद पोख्रेल, प्रकाश सुवेदी र ऋषिराम घिमिरे रहेका छन् ।

सुनुवाइ समितिले प्रत्येक दिन चार चार जनाका दरले सुनुवाइ गर्ने भएको छ ।

प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर नौवटा उजुरी परेका छन् । सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.