एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । एमालेबाट प्रधानमन्त्रीमा उम्मेदवारीका लागि पूर्वसभामुख सुवास नेम्वाङको चर्चा भएको थियो।

प्रधानमन्त्री चुनावको प्रतिस्पर्धामा भाग नलिने र सशक्त प्रतिपक्षमा बस्न निर्णय भएको नेम्वाङले संचारकर्मीसँग बताए। स्रोतका अनुसार पराजित हुने लगभग निश्चित भएकोले एमालेले उम्मेदवारी नदिएर वर्तमान गठबन्धनप्रति केही नरम संकेत देखाएको छ। 

उम्मेदवारी दर्ता नगरे पनि एमालेले प्रधानमन्त्रीको मतदानमा भाग लिएर विपक्षमा मतदान गर्ने भएको छ। प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्वारी दर्ता गएका छन् । प्रचण्डलाई नेपाली कांग्रेससहित मधेसीसहितको गठबन्धनले समर्थन गरेको छ ।

प्रधानमन्त्रीको चयनका लागि व्यवस्थापिका संसदमा बुधबार निर्वाचन हुँनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.