अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पभन्दा क्लिन्टन सात अंक अगाडि

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पभन्दा क्लिन्टन सात अंक अगाडि

अमेरिकाः अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्कको बराबरको समर्थन थप भएको छ ।

यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अङ्कले लिड गरेको सर्वेक्षणमा देखाएको छ ।

रिपब्लिकनको अधिवेशनले डेमोक्रेटिक दलको अधिवेशन पूर्व ट्रम्पको पक्षमा दुई अङ्कको प्रगति देखाएको सीबीएस समाचार सर्वेक्षणले जनाएको छ ।

आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले बताएको छ ।

मतदानका लागि नाम दर्ता भएका ५० प्रतिशत मतदाताको क्लिन्टनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भए पनि ३५ प्रतिशत भने उनका आत्मिय प्रशंसक छन्, सीबीएस सर्वेक्षणले बताएको छ ।

अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उनको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा उनीप्रति नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ ।

त्यसैगरी ट्रम्पको पक्षमा ३१ प्रतिशत मतदाता डोनाल्ड ट्रम्पप्रति सकारात्मक धारणा राखेका छन्। रिपब्लिकन पार्टीको अधिवेशन पूर्व पनि यो तथ्याङ्क ३१ प्रतिशत नै भएको सीबीएसकोसर्वेक्षणले देखाएको छ ।

रिपब्लिकन उम्मेदवार ट्रम्पप्रति ५२ प्रतिशत मतदाताको नकारात्मक धारणा रहेको सर्वेक्षणले जनाएको छ ।

यो मत सर्वेक्षण जुलाई २९, ३० र ३१ मा एक हजार ३९३ वयष्क मतदाताबीच लिइएको थियो । यसमा तीन प्रतिशत नम्बरबराबरकोे बदर मत हदका लागि छुट्टाइएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.