राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने

राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने

काठमाडौंः राप्रपा नेपालले नयाँ प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

बुधबार पार्टी कार्यालयमा बसेको राप्रपा नेपालको संसदीय दल, कार्य सम्पादन समिति तथा पदाधिकारीको संयुक्त बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि मंगलबार माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भएको टेलिफोन सम्वादमा भने थापाले सकारात्मक जवाफ दिएका थिए । पार्टीमा आवश्यक छलफल गरेर बुधबार निर्णय गर्ने बताएका थापाले पार्टीको बैठकबाट प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.