महान्यायाधिवक्ता हरि फुयालको राजीनामा

महान्यायाधिवक्ता हरि फुयालको राजीनामा

काठमाडौँः नेपाल सरकारका महान्यायाधिवक्ता हरि फुयालले राजीनामा दिएका छन् । व्यवस्थापिका संसदबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएपछि महान्यायाधिवक्ता फुयालले राजीनामा दिएका हुन् ।

फुयालले साउन २० गते अर्थात् बिहीबारबाट लागू हुने गरी प्रधानमन्त्रीमार्फत् राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।
नयाँ सरकार गठन हुँदा अघिल्लो सरकारका महान्यायाधिवक्ता परिवर्तन गर्ने प्रचलन छ ।

फुयालले सोही प्रचलन अनुसार सरकार परिवर्तन हुने अघिल्लो दिन नै पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.