ल्याक्टोफन क्यान्डी नयाँ स्वरूपमा
काठमाडौंः सुजल फुड्सले ल्याक्टोफन क्यान्डीलाई नयाँ स्वरूप र स्वादमा बजारमा ल्याएको छ । कम्पनीले २० वर्षदेखि बजारमा रुचाइएको उत्पादनलाई अझ नया“ स्वाद र ठूलो साइजमा पेस गरेको हो ।
एक रुपैयाँ मूल्य पर्ने ल्याक्टोफन क्यान्डीको नयाँ स्वरूपलाई कम्पनीले देश भर ‘ल्याक्टो टेस्टी, धेरै मस्ती' भन्ने नारासहित बजारीकरण सुरु गरेको छ । क्यान्डीलाई सुन्दर, अन्तर्राष्ट्रिय स्तरको आकर्षक जार तथा आकर्षक प्याकेटमा उपलब्ध गराइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्सले चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्यान्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ ।
यसका उत्कृष्ट उत्पादन चोकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्यान्डीम्यान, फ्रेसो र लभबर्ड्स वर्षौंदेखि उपभोक्ताले मन पराउँदै आएका छन् ।