एकीकृत विकास अध्ययन अवलोकन

२०४५ पुसको मध्यतिर जापानको एकीकृत ग्रामीण विकास मोडेल अध्ययन अवलोकन भ्रमण गर्ने अवसर उपभोग गरेथेँ । लुम्बिनी एकीकृत ग्रामीण विकास परियोजना नेपाल राष्ट्रले अंगिकार गर्ने तरखर थियो त्यस समयमा । लुम्बिनी एकीकृत विकास योजना विश्व शान्ति दूत सिद्धार्थ गौतम बुद्धको जन्मभूमि रूपन्देही-कपिलवस्तु, गुल्मी, अर्घाखा“ची कार्यक्षेत्र निर्धारण गरेको थियो ।
एकीकृत ग्रामीण विकासका अवधारणा, कार्ययोजना तर्जुमाका साथसाथै समन्वयात्मक कार्यविधि, कार्यान्वयन पद्धति, आवधिक मूल्यांकन, समीक्षा अनि सामयिक सुधारका उपाय आदि योजनाका मूल आधार तत्व हुन् । स्थानीय/ग्रामीण विकाससम्बन्धी यी र यस्तै विकास कार्यमूलक स्थानीय तथा वाह्य साधन परिचालनका अवधारणा, स्वरूप, अवसर र चुनौती आदि विषयक प्रशिक्षण, कार्यमा अभिरुचिपूर्वक आफ्नो काम कर्तव्य ठान्थेँ, गर्थें ।
यिनै सन्दर्भमा प्रशिक्षण सामग्री लेख्थेँ, सम्पादन गर्थें, उच्च ओहदाकाहरूलाई पनि सघाउँथेँ । सरस्वती सरस्वतीका वाणीलाई आफ्ना कण्ठमा आत्मसात् गरी सभा, सम्मेलन, गोष्ठीहरूमा मुखरण गर्थें पनि । सम्भवतः यिनै पृष्ठभूमिले एकीकृत विकास अवलोकन अध्ययन भ्रमणको अवसर मिल्यो भन्ठान्छु ।
जाडो यामको मौसमका कारण उत्तरवर्ती होकाइडो प्रिफेकचर अवलोकन गर्न सकिन। टोकयो दक्षिणवर्ती अन्य चौसी, नारा, कुमामटो, हिरोसिमा, काँगोसिमा, क्योटो, ओत्सु, ओसाका, ओइटा जिल्लाहरूका एकीकृत विकास कार्यक्रम अध्ययन-अवलोकन र्ने अवसर थियो त्यो । ग्रामीण विकास कार्यक्रम अध्ययन-अवलोकन गर्ने अवसर थियो त्यो । ग्रामीण भेकतिर कार्यक्रम थिएन ।
तथापि ग्रामीण परिवेश पनि अध्ययन अवलोकन गर्ने जिज्ञासा जाहेर गर्दा कुमामटो अन्तर्गतको एक ग्रामीण भेगमा जान पाएथेँ । जिज्ञासा राख्नुपर्दो रहेछ । जस्तो चिताइन्छ उस्तै हु“दो रहेछ । भ्रमण स्थलहरूमा हिरोसिमा परेको थिएन । भ्रमणस्थलका नाम जान्न चाहेथेँ । हिरोसिमा हेर्ने, देख्ने जिज्ञासा राखेँ । यो स्थान निर्धारण नेपालबाटै गरेको बताए । किन त्यहाँ जाने रहर गरेको, जिज्ञासा उताबाट आयो । १९५४ सन् तिर त्रिचन्द्र कलेज पढ्दा ‘त्वाइलाइट अफ माय्न' किताब पढेथेँ । त्यसको एक विषय ‘स्यादो अन दी वाल' थियो ।
हिरोसिमामाथि बिहान ९ः१५ तिर एटम बम खसालिएको थियो । स्कुल जाँदै गरेकी एक केटी जुत्ताको फित्ता फुस्केर कुनै कार्यालयको खुट्किलोमा निहुरेर कस्न लागेकी रहिछन् । त्यसै बेला ३२ हजार सात सय फिट माथिबाट ‘लिटिल ब्वायु' छद्म नामधारी एटम बम प्रहार भएथ्यो । २० हजार टन टीएनटी शक्तिशाली किरण प्रादुर्भाव भएथ्यो ।
स्कुल जाँदै गरेकी एक केटी जुत्ताको फित्ता फुस्केर कुनै कार्यालयको खुट्किलोमा निहुरेर कस्न लागेकी रहिछन् । त्यसै बेला ‘लिटिल ब्वाय’ छद्म नामधारी एटम बम प्रहार भएथ्यो । विचरी निर्दोष बालिका त्यहीँ भष्म भइन् । तर उनले फित्ता बाँध्दै गरेको मुद्रामय तस्बिर त्यस खुड्किलाको सेतो सिंहमरमर/ग्रेनाइटको चौपत्ता टाब्लेटमा ‘इम्बोस’ भएछ । त्यो टाब्लेट हिरोसिमास्थित शान्ति संग्रहालय/पिस म्युजियममा संगृहीत छ ।
त्यसबाट २० ट्रिलियन क्यालोरी रापिलो अग्नि उत्पन्न भएथ्यो । विचरी निर्दोष, निरीह बालिका त्यहीँ भष्म भइन् । तर उनको त्यो फित्ता बाँध्दै गरेको मुद्रामय तस्बिर त्यस खुड्किलाको सेतो सिंहमरमर÷ग्रेनाइटको चौपत्ता टाब्लेटमा अड्ढित (इम्बोस) भएछ । त्यो टाब्लेट हिरोसिमास्थित शान्ति संग्रहालय/पिस म्युजियममा संगृहीत छ । पढेथेँ उहिल्यै । त्यति बेला नै त्यसलाई अवलोकन गर्ने रहर उर्लेथ्यो । यतिन्जेल एकीकृत विकास परियोजना अध्ययन अवलोकन गर्ने सिलसिलामा त्यसलाई पनि हेर्न-देख्न पाए ऐतिहासिक स्थान-वस्तु दृश्य पनि एकीकृत पार्न सकिन्थ्यो भन्ने लागेर भनेँ । चुइँक्क नबोली मिलाए ।
मात्र यत्तिकैमा सीमित रहेन एकीकृत विकास परियोजना अवलोकन अध्ययन भ्रमण । बहुआयामिक विकासका प्रयास र पहु“चहरू अवलोकन गर्ने मेलोमेसो जुट्दै गयो । ज्वालामुखी पर्वत श्रेणीका पनि अवलोकन भ्रमण जुटेथ्यो । ज्वालामुखी हीन नेपालका नेपाली छोरो भद्र धुवा“ प्रक्षेपण भइरहेको नम्र ज्वालामुखी दर्शनले मुटुको ढुकढुकी बढ्यो । ज्वालामुखी सबल भएर विस्फोट भए खरानी बन्ने पीरको नापो थिएन । साहस स्वतः उद्भव हु“दो रहेछ । पर्नुपर्दो रहेछ, टर्दै जाँदो रहेछ खड्को । एकीकृत विकास अवलोकनमा आर्जें यति साहसिला जाँगर ।
सडक यातायात सुविधा मजा र मस्तीसाथ विकसित पाएँ । विलम्बित बखान निकै परपरमात्र हुने गर्ने ज्वालाजीको प्रबन्ध रहेछ । ज्वालामुखीलाई ज्वालाजीमात्र सम्बोधन गर्दा नेपाली वीरे केटोले मुस्ताङ र दैलेखका शिरस्थान, नाभीस्थान र पादुका स्थानका ज्वालाहरूलाई अग्निमाता मन्दिरभित्र पूजित रहेको झझल्को सम्झेथेँ । मनमनै गुनेथेँ कि अवधारणाहरू मौलिक अवस्था, भौतिक वातावरणलाई सामना गर्दै फराकिलो पार्दै ला“दो चिन्मय चिन्तन धारा प्रयोगशील व्यवहारयुक्त विज्ञान आदिले मुदित रहँदो रैछ ।
मुस्ताङ र दैलेखका ती ज्वालाजीहरू भूमिगत ग्यास चुहावट हुनुपर्ने अहिले चिनियाँ चिन्तन भइरहेछ हाम्रामा भरखरै । काँगोसिमा, ओइटा आदिका तातोपानी/हट वाटर स्प्रि·लाई तातोपानी पोखरी बनाएर स्नानागार बनाइराखेका पनि अवलोकनका मेलोमेसो जुटेथ्यो । हाम्रा देशका विभिन्न जिल्लाहरूमा पनि त्यस्ता प्राकृतिक स्रोतहरू छन् ।
सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसेको तातोपानी मुहान, रसुवाका, म्याग्दी मनाङ आदि हिमाली जिल्लाका ठाउ“ठाउ“का गण्डक खानीबाट उद्भव भइरहेका कयौं जलस्रोत केन्द्र स्थानीय विकासका निमित्त पर्यटकीय अवसर रहेका छन् । देशका प्रायः सबै नै हिमाली स्थानगत इलाकाहरूमा यस्ता सुन्दर अवसरका मेलापातका मेलोमेसो जुटेकाले स्थानीय विकास कार्यलाई एकीकृत तवरले अग्रगण्य बनाई आन्तरिक आयस्रोत बनाउन सकिने वरदान बनेका छन् ।
आन्तरिक र स्थानगत विकास कार्यलाई सुप्रबन्ध गरी आयस्रोत तर्जुमा र बाँडफाँट गर्नु पनि एकीकृत, स्थानीय र राष्ट्रिय विकासका परिपक्व योजनाकारिता अनुभूत गर्न सकिँदो रहेछ, गरेँ । राजमार्ग/हाइवेहरू राष्ट्रिय/नेसनल, प्रान्तीय/प्रिफेकचरल, जिल्ला/डिस्ट्रिक्ट, नगर/म्युनिसिपल र ग्रामीण/रुरल राजमार्गमा विभाजन गरी भए गरिएको अध्ययन अवलोकनका मेलोमेसो बन्यो । घुम्दै फिर्दै, हेर्दै देख्दै अनुभूतिका भण्डार वृद्धि गर्ने रहर आफ्नो यो लतलाई सबैका साझेदार भगबन्डा गर्न उचित ठानेँ । भागबन्डा शब्द नेपाली परिप्रेक्ष्यमूलक छैन ।
जापानी विकास क्रममा भागबन्डा शब्दको अर्थ आर्थिक स्रोतमूलक रहेको छ । प्रत्येक विकास कोटिका राजमार्गबाट उठ्ने राजमार्ग कर/हाइवे ट्याक्स राष्ट्रिय, प्रान्तीय, जिल्ला, नगर र ग्रामीण सरकारी कोषका जाने प्रबन्ध मिलाउनु पनि एकीकृत विकास प्रयासका अवधारणागत प्रबन्ध, योजनाकारितामा आधारित विकेन्द्रीकरणको व्यावहारिक स्वरूप देखेँ, बुझेँ । हाम्रामा भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिरका भाषण फलाकी नै एकीकृत विकासको प्रत्यक्ष अध्ययन–अवलोकन बन्छ, बनेको सबैका साझा अनुभूति रहेको छ ।
अनि त आफैसित सोधूँसोधूँ लाग्छ, एकीकृत विकास निमित्त भागबन्डा शबदको सच्चा अर्र्थ कहिले पो उजागर हुँदा हुन् ? एकीकृत विकास खातिर अपवित्र गठबन्धन शब्द स्वासहरू नै दुर्गन्धित बनेर हामी आमनेपालीकै चिन्तन स्वास्थ्य अस्वस्थ र बिरामी छ भन्न हिच्किचिनु परोइन ?
एकीकृत विकास परियोजनाका अवधारणाले विभिन्न विकास कार्यलाई क्रमबद्ध तवरले अगाडि सार्ने, प्रयासलाई सम्झाउँछ, बुझाउँछ । उदाहरणका रूपमा एउटा ग्रामीण कृषि कार्यक्रमलाई लिऔं । कृषिअन्तर्गत सञ्चालन गरिने धान, दलहन, गहुँ, गेडागुडी, तरकारी बालीकै प्रस· जोडौं । सबैखाले खेतीकिसानी निमित्त अनिवार्य आधार जल सिँचाइ हो । सिँचाइ कुलो नहरका कुलो नाली बनाउनुपर्ने हुन्छ । जलस्रोत भएका ठाउँमा साना ठूला बाँध, पोखरी आदि स्थानीय उपलब्धताअनुसार बनाउनुपर्ने हुन्छ ।
बाँध, नहर, निर्माण सिँचाइ कार्यालयको हो । सिँचाइ कुलो बनाउने सीप प्रदान गर्नु पनि त्यसकै अभिन्न पूर्वाधार हो । सिँचाइ कार्यालयले यसरी सीप दिएर आवश्यक कामदार जनशक्ति तयार गर्छ । कुलो बनाइसकेपछि नभत्कियून् भन्नाखातिर कुलोका दुवैतिर रूखका बिरुवाहरू लगाउनु राम्रो हुन्छ । रूख रोपेर कुलो भत्कनबाट बचाउने काम एकीकृत विकास कार्य बन्छ र हो पनि ।
यसै गरी ठूला नहर/कुलोको निश्चित स्थानमा बलिया जाली हालेर रूखपातका कसिङ्गर सोहोर्ने प्रबन्ध मिलाउनु अर्को एकीकृत पहु“च बन्छ । ठाउँठाउँमा जाली कसेपछि त्यस कुलो/नहरमा माछाका भुराहरू छाडेर माछापालन गर्नु अर्को एकीकृत पहु“च÷प्रयास बन्छ । यस्तामा सामयिक हेरचाह र रखबारी गर्ने काम अर्को एकीकृत प्रयासको नमुना उदाहरण बन्छ ।
एकडेढ वर्षअगाडि सार्क सम्मेलन हुँदा काठमाडौं-भक्तपुरको हाइवे बीच सुन्दर रुख र हरियाली प्रतिस्थापन गरिएथ्यो । सार्क सम्मेलन सकिएपछि देशका होनहार तन्नेरी युवाहरू सडकका एक लङबाट अर्कोतिर जान तिनै हरियाली बीचबाट ओहोरदोहोर गर्न थालेको देखियो । प्रहरी लागेर केहीलाई सम्झाइबुझाइ गरेको देखेँ । सार्क संरचना नभत्काऔं, एउटा अपिल रचना गरेँ । अन्नपूर्ण पोस्ट्मा छापियो । सरोकारीहरूले पढेछन् । फोन आउन थाले । यस्ता रचनाको कमी नहोस् । कलम चलाउँदै गर्नुस् । त्यसमा उपायहरू उल्लेख गरी सुझाएथेँ । त्यसरी बीचबीचबाट सडक काट्ने गर्नु थिएन ।
तर, सडक वारपार गर्न जेब्रा क्रसिङको प्रबन्ध गरिएको थिएन । बाध्यता निर्मूल गर्न अब ठाउँठाउँमा जेब्रा क्रसिङ बनाई सहुलियत दिने सुझाव प्रस्तुत गरेथेँ । सडक काट्न ठाउँठाउँमा जेब्रा क्रसिङ राख्नु अर्को एकीकृत विकास पहुँच थियो र बन्यो । समसामयिक रचनाहरू सुधारात्मक सुझावसहित प्रकाशित गर्न सक्दा सञ्चारका आममाध्यम रहेबनेका दैनिक पत्रपत्रिका बढी लोकप्रिय बन्नु स्वाभाविक छ ।
जति बढी लोकप्रियता हासिल हुन्छ उति नै ग्राहक-पाठक, पाठक-ग्राहक वृद्धि हुनु पनि स्वाभाविक हुन्छ । समाजमा विद्यमान विविध समसामयिक विषयवस्तुलाई रचनाकार आफैं संयमित रही शिष्ट र सौम्य तवरले सम्प्रेषण गर्नु आफैंमा एकीकृत लेखन प्रकाशन जगत्मा एकीकृत पहुँचका प्रयास बन्नेछ । एकीकृत पहुँचका प्रयास जताततै जुनकुनै क्षेत्रमा पनि गर्नु परेकै हुन्छ ।
वैचारिक सम्प्रेषण, लेखन, सम्पादनका साथै प्रकाशन क्षेत्रका एकीकृत पहुँच भन्नु वैचारिक वस्तुलाई शिष्ट, सौम्य शैलीमा अभिव्यक्ति बनाउनु, भाषालाई नौलो रूप र पारामा ढाल्नु पनि हुनसक्छ ।
एकीकृत विकासका अवधारणा एकल अवधारणाका आयाम बोक्दैन । यो बहुआयामिक अवधारणा बनेको छ, रहेको छ । यसका अनेक आयाम सम्बन्धमा विस्तृत चर्चा नगरी हुन्न, गरिनु आवश्यक छ । आयामिक पहुँच क्रमिक तवरले गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस !
