प्रचण्डले तीन मन्त्री थपे, कांग्रेस र माओवादीबाट कोही थपिएनन्
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डलमा तीन सदस्य थपेका छन्।
साना दुई दलबाट तीनजनालाई मन्त्री बनाएर उनले पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
एकीकरणको प्रकिया रहेको राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे मन्त्री भएका छन् भने नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री भएका छन् ।
तीनैजनाको मन्त्रालय अहिले तोकिएको छैन। मंगलबारको विस्तारमा कांग्रेस र माओवादीबाट कोही थपिएका छैनन्। दुवै पार्टीमा मन्त्री छनोटमा विवाद भएकोले मन्त्रिपरिषद् विस्तारमा प्रचण्डलाई सकस भएको छ।