'उत्कृष्ट हेडसर' राकसकोटी रहेनन्

 'उत्कृष्ट हेडसर' राकसकोटी रहेनन्

काठमाडौं : उत्कृष्ट प्रधानाध्यापकका रुपमा सम्मानित भइसकेका गुल्मी हुँगाका जनजागृति उच्च मावि पूर्वप्रधानाध्यापक रणबहादुर रासकोटीको निधन भएको छ ।

विद्यालय शिक्ष क्षेत्रमा एउटा उदाहरणीय व्यक्तिको रुपमा परिचित राकसकोटीको निधनमा सिंगो गुल्मी स्तब्ध भएको छ ।

जनजागृति माविको स्थापनादेखि अध्यापनमा क्रियाशिल राकसकोटीले विद्यार्थीलाई ट्युशन पढाएको शुल्कसमेत लिने गरेका थिएनन् । उनले पढाएका विद्यार्थी राजनीति, सरकारी सेवा, पत्रकारिता तथा अन्य क्षेत्रमा महत्वपूर्ण ओहदामा छन्।

गुल्मीका सांसदसमेत रहेका नेपाली कांग्रेसका युवा नेता एवं राकसकोटीका विद्यार्थी चन्द्र भण्डारीले भने, पेशाप्रति यति निष्ठावान हेडसर अहिले पाउन मुश्किल छ । उहाँले शिक्ष क्षेत्रमा बेग्ले उदाहरण पेस गर्नुभएको थियो।

‘रासककोटी विज्ञान र गणितको उत्कृष्ट शिक्षक थिए । उनले पढाएको विषयमा कोही पनि विद्यार्थी फेल भएका छैनन् । उनको निधनपछि गुल्मीका शिक्षाकर्मीहरुले एउटा असल अभिभावक गुमाएको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.