आईएसले गर्‍यो करिब दुई हजारजनाको अपहरण

आईएसले गर्‍यो करिब दुई हजारजनाको अपहरण

बेरुत (लेबनान) : इस्लामिक स्टेट (आईएस) समूह पक्षधर विद्रोही लडाकूले उत्तरी सिरियाबाट करिब दुई हजार नागरिकलाई अपहरण गरी लगेको अमेरिकी नेतृत्वको सुरक्षा बल तथा यहाँको मानव अधिकारवादी समूहले बताएका छन् ।

यस पहिले इस्लामिक जिहादी विद्रोहीको पकड रहेको उत्तरी सिरियाको मानविज इलाकामा भाग्ने क्रममा करिब दुई हजार स्थानीयलाई अपहरण गरी लगेका बताइएको थियो ।

उनीहरुलाई मानव ढाल बनाई आफ्नो पकड भएको इलाकामा लगेको र उनीहरुलाई लगेपछि कुन अवस्थामा राखिएको छ भन्नेबारे जानकारी प्राप्त हुन भने नसकेको सिरियाली मानवअधिकारवादी सङ्घसङ्गठनले बताएका हुन् ।

गएको हप्ता सिरियाली डेमोक्रेटिक फोर्स अर्थात् अरब कुर्दिस गठबन्धनले आईएस विद्रोहीलाई मानविजबाट भगाएका थिए । एजेन्सीहरु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.