रक्सी खाएर गाडी कुदाउने महिला मन्त्री सडकमै समातिइन्
![रक्सी खाएर गाडी कुदाउने महिला मन्त्री सडकमै समातिइन्](https://annapurnapost.prixacdn.net/media/albums/Aida-Hadzialic-57b02bbc4f1387.63044984_Xqgwg1Q2UK.jpg)
एजेन्सीः स्वीडेनकी उच्च शिक्षामन्त्री मन्त्री अइदा हड्ज्यालिक रक्सी खाएर गाडी गुडाएको अवस्थामा पक्राउ परेकी छन् ।
उनले दुई गिलास वाईन पिएको बताएकी छन् । स्वीडेनमा मुस्लिम समुदायको नेतृत्व गर्दै मन्त्रिमण्डलमा पुगेकी उनी एकमात्र मन्त्री हुन् ।
उनलाई दक्षिणी सुडेनको माल्मोसहरबाट पक्राउ गरिएको थियो । मापसे मापनका क्रममा उनको शरीरमा ०.०२ प्रतिशत अल्कोहलको मात्रा भेटिएको थियो । उनलाई अब ६ महिनासम्म जेल सजाय हुनेछ ।
२९ वर्षकी अइदा हड्ज्यालिकले रक्सी पिएर सवारी चलाउनु जीवनकै सबैभन्दा ठूलो भूल भएको भन्दै ट्वीट गरेकी छन् ।
Minister for upper secondary school education, Aida Hadzialic: "Biggest mistake of my life" to drive after drinking. pic.twitter.com/DLxPSDuUIM
— Radio Sweden (@radiosweden) August 13, 2016
बोनियामा जन्मिएकी उनी लोफन्सको मन्त्रिमण्डलमा पहिलो मुस्लिम महिला मन्त्रीका रुपमा २०१४ मा मन्त्रिमण्डलमा सामेल भएकी थिइन ।
यूरोपियन मुलुकमा रक्सी सेवन गरेर सवारी चलाउँदा कडा कारबाही हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)