अरिगांलले टोकेका बालबालिकाको उपचार नपाउँदा मृत्यु

अरिगांलले टोकेका बालबालिकाको उपचार नपाउँदा मृत्यु

जाजरकोट : अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो ।

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नजिकै बाँदर हेर्न गएका बालबालिकालाई एक्कासि अरिङ्गालले टोक्दा घाइते भएका उनीहरुको उपचारको अभावमा आइतबार बिहान मृत्यु भएको हो । “नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन, घरेलु उपचार गर्‍यौं तर बचाउन सकिएन,” बालकका बाबु नरोजले भने।

बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरुलाई टोकेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताए । कलावतीकी अर्की सात वर्षीय छोरी कविता पुन गम्भीर घाइते भएकी छन् ।

घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर बाँदर हेर्न गएकी थिइन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।

जिल्लाका ग्रामीण भेगमा मकैको सुरक्षाका लागि बाँदर हेर्न बच्चाबच्चीलाई पठाउने प्रचलन रही आएको छ । मृतक बालबालिका दिदी भाइका छोराछोरी हुन् ।

यसैगरी, बैतडीको पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्य हुनेमा बासुलिङ्ग– १ ग्वानीकी ३२ वर्षीया डम्मरा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.