ऋतिकको बधाई पर्खिरहेका छन् अक्षयले

ऋतिकको बधाई पर्खिरहेका छन् अक्षयले

अक्षय कुमारको नयाँ फिल्म ‘रस्तम’को सफलता पछि उनलाई बधाई दिनेको लाइन नै लाग्ने गरेको छ । तर, अक्षयले भने ऋतिक रोशनको बधाई लिन पर्खिरहेका छन् ।


अक्षयको नयाँ फिल्म रुस्तमले ऋतिकको फिल्म ‘मोहेनजो दारो’लाई चुनौती दिएको छ । चार दिनमा अक्षयको रुस्तमले ५० करोड भन्दा बढी कमाएको छ भने ऋतिकको मोहेनजो दारोले ३० करोड कमाई गरेको छ ।


दुई साथीको फिल्म एकै पटक चलिरहेका बेला अक्षयले फिल्मका कारणले आफूहरुको सम्बन्धमा कुनै दरार उत्पन्न नहुने बताएका छन् । उनले भनेका छन्–‘फिल्मका कारण निजी सम्बन्ध बिगार्नु बेवकुफीपना हो । त्यस्तो केही हैन ।’


उनले फिल्म आउने जाने भइरहने भएकाले फिल्मसँग सम्बन्धलाई दाँज्न नमिल्ने बताएका छन् । व्यक्तिगत र व्यवसायिक सम्बन्ध आआफ्नो स्थानमा हुने अक्षयले बताएका छन् ।


अक्षयले भनेका छन्–‘ऋतिक र म आज पनि असल छिमेकीजस्तै छौ । हामी दुवैबीच कुराकानी हुन्छ । समय मिलाएर हामी खाना पनि सँगै खाने गरेका छौं ।’


ऋतिकले अहिलेसम्म अक्षयलाई फिल्म रुस्तमको सफलताको विषयलाई लिएर बधाई दिएका छैनन् । फिल्मबाट सफता पाउनु भाग्यको खेल रहेको भन्दै अक्षयले यस विषयलाई गम्भिरताका लिन नहुने बताए । आज आफूले पाएको सफलता भोलि कसैले प्राप्त गर्ने भन्दै उनले फिल्मी सफलतालाई कसैले बाँधेर राख्न नसकिने बताए ।


अक्षयले सबै इन्ड्रष्टिका फिल्म बक्स अफिसमा हिट हुन् भन्ने कामना गरेका छन् । रुस्तमको सफलतापछि अहिले उनी नयाँ फिल्म ‘जाली एलएलबी’ को सुटिङमा व्यस्त भएको छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.