'भारतका सर्त मान्दै जाने हो भने नेपाल सार्वभौम रहँदैन'

'भारतका सर्त मान्दै जाने हो भने नेपाल सार्वभौम रहँदैन'

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतका सर्त मान्दै जाने हो भने नेपाल सार्वभौम रहन नसक्ने बताएका छन् ।

भारतले सरकार तथा राष्ट्र प्रमुखको नेपाल भ्रमणका निम्ति संविधान संशोधनको सर्त अघि सारेको प्रसंग उल्लेख गर्दै बिजुक्छेले भने, ‘भारतको एउटा सर्त मान्नेबित्तिकै नयाँ नयाँ सर्तहरु थपिदै जानेछन् । भारतका सर्तहरु मान्ने मान्दै जाने हो भने नेपाल स्वतन्त्र र सार्वभौम रहँदैन ।’

भक्तपुर विकास सहयोग संघको २५ औं स्थापना दिवस एवं रजत महोत्सवलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले भारतले आफ्नो स्वार्थ पूर्तिविना नेपाललाई एक सिन्को पनि सहयोग नगर्ने ठोकुवा गरेका हुन् ।उनले भने, भारतले नेपालका ठूला आयोजनाहरुमा एड्भान्स बुकिङ गर्छ तर काम भने केही गर्दैन।

राजधानी काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याक निर्माणको जिम्मा भारतलाई दिने चर्चा चलेसँगै उनले भारतसँग सन्धिसम्झौता गर्नुअघि सरकारलाई धेरैचोटी सोच्न सुझावसमेत दिएका छन् ।‘भारतले आफ्नो हित नभई नेपाललाई सहयोग गर्दैन । उसले एड्भान्स बुकिंग गर्छ तर काम गर्दैन’, उनले भने, ‘यस्तो अवस्थामा चीनसँग नेपालको विकास निर्माणमा के के सहयोग लिने हो सरकार प्रस्ट हुनुपर्छ ।’

उनले फास्ट ट्र्याक भारतलाई दिने काम भए नेपालको लागि अर्को दुर्भाग्य हुनेसमेत बताए ।भारत तथा चीनका सरकार तथा राष्ट्र प्रमुखहरुमध्ये कुन देशको भ्रमण पहिलो भन्ने कुरा महत्वपूर्ण नभएको उनको भनाइ थियो ।‘भारत र चीनमध्ये कुन देशका राष्ट्र प्रमुखले पहिले नेपाल भ्रमण गर्ने भन्ने कुरा महत्वपूर्ण होइन’, नेता बिजुक्छेले भने, ‘प्रधानमन्त्री प्रचण्डले चीन र भारतमा विशेष दूत पठाएर उल्टै दुई देशबीच झगडा लगाएजस्तो भएको छ ।’

नेता बिजुक्छेले महिना दिनभित्र मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसक्ने प्रचण्डबाट धेरै अपेक्षा नराख्न आग्रह गरे ।‘महिनादिनभित्र मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसक्ने प्रधानमन्त्री प्रचण्डबाट धेरै अपेक्षा गर्नुहुन्न’, उनले भने, ‘मन्त्रिपरिषद्ले पूर्णता पाएपछि संविधान कार्यान्वयन गर्छु भन्दाभन्दै अर्को सरकार गठनको तयारी सुरु भइसक्छ ।'


नेता बिजुक्छेले स्थानीय निकायसम्बन्धी सम्पूर्ण समस्या समाधान गरी यथासक्य निर्वाचन गर्न सरकारसँग मागसमेत गरे ।गत १२ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा जनताले धेरै दुःख पाएको र विकास निर्माण प्रभावित भएको उनको भनाइ थियो ।

‘संरचना र सिमांकनमा समस्या भए अहिलेकै अवस्थामा तत्काल स्थानीय निकायको निर्वाचन गर्नुपर्छ’, उनले भने, ‘अरु काम पछि गर्दै गरौंला । जनताले दुःख पाइरहेका छन् तर सरकारमा गएका दलहरु आफ्नो दलगत स्वार्थमात्रै हेरिरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.