मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता

मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता

कञ्चनपुर: बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ।

बिद्युत जडानको कार्य राम्ररी नगरिँदा र बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा प्रसूतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो। दैनिक प्रसूति गृहमा प्रसवका लागि तीनदेखि चारजनासम्म महिला पुग्ने गरेका छन्।

बिद्युत आपूर्तिमा समस्या देखिएपछि प्रसूति गृहको कोठामा स्वास्थ्यकर्मीले मैनबत्ती बाल्नुपर्ने बाध्यता रहेको छ, स्वास्थ्य चौकीका अनमि निलावती भट्टले भनिन्,'एक हातमा बलेको मोमबत्ती समात्नु पर्ने र अर्को हातले शिशु झिक्नुपर्ने बाध्यता छ।'

'मोमबत्तीको पग्लेको मैन शिशु र आमाको शरिरमा परेर पोल्ने खतरा उत्तिकै छ, तर पनि जोखिमका साथ काम गदै आएका छौं,' उनले भनिन्। 'दिउँसो प्रसव हुने गराउन सहज भएपनि बिद्युतको अभावमा राति प्रसव गराउन निकै समस्या खेप्दै आएका छौँ', उनीले भनिन्।

विद्युत जडान जीर्ण बनेकाले करेन्ट लाग्ने समस्यासमेत उत्तिकै रहेको उनको भनाइ छ। बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि पटक–पटक नगरपालिकादेखि जनस्वास्थ्य कार्यालयसम्म लिखित र मौखिकरुपमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको स्वास्थ्य सहायक सविता मिश्रले बताए।

'प्रसूति गृहको एकमात्रै साँघुरो कोठामा दुईवटामात्रै बेड लाग्ने भएकाले दुईभन्दा बढी प्रसूति गराउन महिला पुगेपछि गृहको ग्यालरीमै प्रसूति गराउनुपर्ने हुन्छ,'उनले भने। प्रसूति गराउने कोठामा राखिएका बेडसमेत पुरानो र जीर्ण भएकाले आमा र शिशु बेडबाट खसेर अर्को दुर्घटना निम्तिने समस्यासमेत रहेको उनले बताए।

स्वास्थ्य चौकीको प्रसूतिगृहमा गत वर्षमात्रै २७९ आमाले सुत्केरी सेवा लिएका थिए। चालु आर्थिक वर्षको हालसम्म पचासभन्दा बढी आमाले सुत्केरी सेवा लिएका छन्। झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले स्वास्थ्य चौकीको प्रसूतिगृहमा बिद्युतको सेवालाई भरपर्दो बनाउनका लागि कार्य अगाडि बढाइने बताए।

'बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि समेत कार्य गरिनेछ,'उनले भने। स्वास्थ्य चौकीमा पाँचवर्ष अघिदेखि प्रसूति गृह सञ्चालनमा रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.