एएफसीद्वारा नेपाली खेलाडीको आजीवन प्रतिबन्धविरुद्धको अपील खारेज
काठमाडौंः एएफसीले नेपाली खेलाडीले गरेको आजीवन प्रतिबन्धविरुद्धको अपीललाई खारेज गरिदिएको छ।
एएफसीको अपील कमिटीले म्याच फिक्सिङको आरोपपछि मुद्धा खेपिरहेका चार खेलाडी र एक प्रशिक्षकको अपील बिहीबार खारेज गरेको हो।
गत डिसेम्बर ५ तारिखमा एएफसीले म्याच फिक्सिङमा संलग्न रहेको आरोपमा तत्कालीन नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, विकाश सिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक अन्जन केसीमाथि आजीवन खेल प्रतिबन्ध लगाएको थियो।
नेपाली खेलाडीहरुले सन् २००८ देखि २०१२ मा भएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङको गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।