थ्रीस्टार क्लब एएफसी कप फुटबलको अघिल्लो चरण प्रवेश
मंगोलिया: समूह विजेता बन्दै थ्रीस्टार क्लब एएफसी कप फुटबलको अघिल्लो चरण प्रवेश गरेको छ।
बिहीबार भएको खखेलमा आयोजक इर्चिम क्लबले कम्बोडियाको नागावर्ल्ड क्लबलाई १–० ले पराजित गरेपछि थ्रीस्टार समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो। थ्रीस्टार ४ अंकका साथ समूह विजेता बन्यो।
यसअघि थ्रीस्टार क्लबले समूह चरणको पहिलो खेलमा इर्चिम क्लबलाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा नागावर्ल्डसँग १–१ गोलको बराबरी खेलेको थियो।
नागावल्र्डलाई अघिल्लो चरण प्रवेश गर्न बिहीबार इर्चिममाथि कम्तिमा ३–० को जित निकाल्नु पर्ने बाध्यता थियो। तर, नागावर्ल्ड जितको साटो १–० को हार ब्यहोर्न बाध्य भयो।
प्रतिक्रिया दिनुहोस !