पाल्पामा १७६ जनालाई ‘नाबालक परिचयपत्र’

पाल्पामा १७६ जनालाई ‘नाबालक परिचयपत्र’

पाल्पा: पाल्पामा ‘नाबालक परिचयपत्र’ लिनेको सङ्ख्या बर्सेनि बढेको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले आर्थिक वर्ष २०७२/७३ मा १७६ जनालाई ‘नाबालक परिचयपत्र’ वितरण गरेको छ। यो सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको हो। २०७१/७२ मा १६५ मा जारी गरी वितरण गरेकामा ६.६६ प्रतिशतले बढेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए।

सोह्र वर्ष उमेर नपुगेका बालबालिकालाई स्वदेश तथा विदेशमा अध्ययन गर्नका लागि नेपाली नागरिकको प्रमाणका रुपमा ‘नाबालक परिचयपत्र’लाई लिन थालेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बर्सेनि बढेको हो।

बालबालिकाले राहदानी बनाउँदा पनि पहिला नाबालक परिचयपत्रका आधारमा मात्र राहदानी बन्ने गर्दै आएको छ। यहाँका बालबालिका आफ्ना अभिभावकसँग विदेश जाने पनि बढेका छन्।

जिल्ला प्रशासन कार्यालयमा अघिल्लो आर्थिक वर्षमा विवाह दर्ता छजना, संस्था दर्ता ४३ थान, ठाडा उजुरी ७१, पत्रिका दुई, विविध सिफारिस ५००, हातहतियार नवीकरण १४ र भूपू सैनिक पेन्सनका लागि सिफारिस आठ हजार ५८८ थान सिफारिस गरिएको प्रजिअ गौतमले जानकारी दिए।

हातहतियार नवीकरण गर्नेको सङ्ख्यामा ४१ प्रतिशतले कमी आएको छ र पत्रिका दर्तामा ३३ प्रतिशतले कमी देखिए पनि जिल्ला प्रशासनबाट हुने अन्य काममा भने बर्सेनि बढेको देखिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.