होटलमा एक व्यक्तिको रहस्यमय मृत्यु, एक घाइते

होटलमा एक व्यक्तिको रहस्यमय मृत्यु, एक घाइते

खजुरा: बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएका अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो। मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका–११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर–१८ का ईश्वर थापा बुधबार सो होटलमा बास बसेको प्रहरीले जनाएको छ।

उनीहरु होटलको २०३ र २०४ नम्बरको कोठा बुक गरेर बसेका थिए। २०४ नम्बर कोठामा बास बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनीहरु बसेको कोठामा मदिरा तथा धुम्रपान गरेको पाइएको छ भने प्रहरीले प्रशान्त र ईश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.