चितवन-धादिङ सडकखण्डका दुर्घटनाग्रस्त क्षेत्रको पहिचान, ३८ स्थान उच्च जोखिममा

चितवन-धादिङ सडकखण्डका दुर्घटनाग्रस्त क्षेत्रको पहिचान, ३८ स्थान उच्च जोखिममा

रत्ननगर: दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ ।

अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा समेत एउटा ट्रक त्रिशूली नदीमा खसेपछि यहाँको सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको हो।

जिल्ला ट्रफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नारायणगढ–मुग्लिन सडक आयोजनाको संयुक्त अनुगमनपछि यसरी दुर्घटना जोखिम क्षेत्रको पहिचान गरिएको हो। झन्डै ५० किमी रहेको सो क्षेत्रमा ३८ स्थानमा दुर्घटनाको उच्च जोखिम क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्र्रमुख राजन भेटवालले जानकारी दिए। उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सङ्केत, आवश्यक भौतिक निर्माणलगायतका काम गरेर सुरक्षित क्षेत्र बनाउन आग्रह गरिएको छ।

चितवनको जुगेडीदेखि मुग्लिनसम्म २५ किमी क्षेत्रको ३२ स्थानमा र मुग्लिनदेखि मौवाखोलासम्मको झन्डै २० किमी क्षेत्रका छ स्थानमा दुर्घटना क्षेत्र पहिचान गरिएको छ। मुख्यगरी नारायणगढ–मुग्लिन क्षेत्रमा पर्ने गाईघाट, घुमाउने, कालीखोला, चार किलो हाइट, पाँच किलो, भालुपहाड घुम्ती, भोर्ले पुल, जलविरेलगायतक क्षेत्र बढी जोखिममा रहेको भेटवालले बताए। 

यस्तै मुग्लिन उता मौवाखोलासम्म नाग्दीपुल, मुग्लिन मोड, रमाइलो डाँडा, कुरिनटार, डाहकी पुल, फिस्लिङ क्षेत्र दुर्घटनाको जाखिममा छ। सो जोखिम क्षेत्रमा सडक साँघुरो, निर्माणाधीन अवस्था, ग्याविङ वाल भएको, सिमेन्ट प्याराफिट, मेटल क्रस बेरिएर जीर्ण भएको, ट्रफिक सङ्केतसमेत नभएको पाइएको प्रहरीले जनाएको छ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले सडक अध्ययन तथा अवलोकनपछि उनकै निर्देशनमा यसरी दुर्घटनाग्रस्त क्षेत्रको पहिचान भएको हो। पहिचान भएका सबै क्षेत्रमा दुर्घटना न्यूनीकरणका उपाए अपनाउन थालिएको र सडक जाँचलाई कडाइ पारेको प्रहरीले जनाएको छ।

चितवनका प्रजिअ विनोदप्रकाश सिंहले सडक सुरक्षाका विषयमा कुनै कसर बाँकी नराखी काम गर्न प्रहरीलाई निर्देशन दिए। उनले स्थानीय प्रशासनको समेत सडक सुरक्षामा गम्भीर रुपमा ध्यान पुगेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.