हवावेको दसैंतिहार योजना
काठमाडौः हवावे उपभोक्ता व्यवसाय समूहले दसैं अफरका रूपमा ‘प्राइज एक–सा–एक, यो दसैंमा भाग्यशाली अनेक’ नामक योजना ल्याएको छ ।
अरु अफर झै बम्पर उपहारमा मात्र केन्द्रित नभई यस वर्ष कम्पनीले धेरैभन्दा धेरै ग्राहकलाई उपहार दिने योजनाका साथ एक-सा-एक योजना ल्याएको जनाएको छ । यस अफर अन्तर्गत ग्राहकले हवावेको कुनै पनि स्मार्टफोनको खरिद गरी हरेक हप्ता र १५ दिनमा विभिन्न उपहार जित्न सक्नेछन् ।
लक्की ड्र मार्फत ग्राहकले हरेक हप्ता सयवटा पावर बैंक, २० वटा स्मार्टफोन र किटसहित चार जाएन्ट साइकल प्राप्त गर्नेछन् । विजेताको घोषणा हवावेको अफिसियल फेसबुक पेजमा सार्वजानिक गरिनेछ ।
कम्पनीका अनुसार यस अफरको प्रमुख हाइलाइटमा हरेक १५ दिनमा हुने लक्की ड्र हो । यसमार्फत दुई भाग्यशाली विजेताले भेस्पा र रोयल इनफिल्ड जित्न सक्नेछन् । विजेताको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्रमार्फत गरिनेछ कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी हुनका लागि योजना अवधिभर हवावेको कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकले हवावे स्पेस १५ अंक भएको फोनको आएमईआई नंम्बर टाईप गरी ३२२०० मा एसएमएस गर्नुपर्नेछ । कम्पनीका अनुसार यस अफर अवधिभर करिब पाँच सय ग्राहकले उपहार पाउनेछन् ।