नयाँ लियो क्लब गठन
काठमाडौंः लियो जिल्ला परिषद ३२५ बी २ को काठमाडौं क्षेत्रमा नयाँ लियो क्लबको स्थापना भएको छ । मनिशराज शाहको अध्यक्षतामा ‘लियो क्लव अफ काठमाडौं निरभाना’ स्थापना भएको हो ।
क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः जगन्नाथ पोख्रेल, मन्दिरा थापा र किरण लामा चयन भएका छन् । त्यस्तै क्लबको सचिवमा प्रतीक लम्साल तथा कोषाध्यक्षमा अस्मिता तिवारी चयन भएको क्लबका सल्लाहकार राजनराज खनालले बताए ।
६० जना युवा सदस्य भएको यस क्लबले ‘परिवर्तनका लागि समाजसेवा’ भन्ने मूल नाराका साथ शिक्षा स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !