अन्नपूर्णकर्मी परियार सम्मानित
काठमाडौं: अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता गोविन्द परियार २०७३ सालको उत्कृष्ट पत्रकारको रुपमा सम्मानित भएका छन्।
विगत १५ बर्षदेखि मुलधारका विभिन्न पत्रपत्रिकामा काम गर्दै आएका पत्रकार परियारलाई उपलव्धि बहुउदेश्यीय सहकारी लिमिटेडले यस बर्षको उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरेको हो।
शनिबार शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले उनलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्। उक्त सहकारीले प्रत्येक बर्ष संचार र पत्रकारिता क्षेत्रमा वर्षभरी उत्कृष्ट काम गरेको पत्रकारलाई सम्मान गर्दै आएको छ।
अन्नपूर्णकर्मी परियारले यसअघि पनि खोज पत्रकारिता केन्द्र र वेलायती दूतावासले संयुक्त रुपमा आयोजना गरेको खोज पत्रकारिता प्रतिस्पर्धामा विजयी भएका थिए। उनी राजनीति र सामाजिक मामिलाका साथै खोजमुलुक पत्रकारितामा अव्वल छन्।
प्रतिक्रिया दिनुहोस !