बसन्तपुरमा लिङ्गो ठड्याउने क्रममा ढल्दा दुईजना घाइते
काठमाडौंः काठमाडौंको बसन्तपुरस्थित हुनमानढोकामा लिङ्गो ठड्याउने क्रममा ढल्दा दुईजना घाइते भएका छन्।
मंगलबार बिहान शुभ साइतमा लिङ्गो उठाउन खोज्दा लिङ्गो ढलेको थियो।
लिङ्गो ढल्दा नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकका पुष्प लामा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
सेनाका हबल्दार गुरुङको खुट्टा भाँचिएको छ। गुरुङको सैनिक अस्पतालमा र लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।