एपेक्स कलेजमा माइक्रोफाइनान्स कार्यशाला
काठमाडौः एपेक्स कलेजले माइक्रोफाइनान्ससम्बन्धी कार्यशाला सञ्चालन गरेको छ । इटालीको पाडोभा विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत कार्यशाला सुरु भएको हो ।
कार्यशालाका लागि पोडोभा विश्वविद्यालयबाट आठजना विद्यार्थी आएका छन् । सोबार सुरु भएको कार्यशाला शुक्रबार सम्पन्न हुने कलेजले जनाएको छ । कार्यशालापश्चात् विद्यार्थी नेपाली बजारको माइक्रोफाइनान्ससम्बन्धी क्षेत्रगत भ्रमणका लागि निस्कनेछन् ।
कार्यक्रमको उद्घाटनका क्रममा नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर कृष्णबहादुर मानन्धरले नेपालको हिमाली भेगमा माइक्रोफाइनान्ससम्बन्धी कार्यक्रम आवश्यक रहेको बताए । कार्यशालाले नेपालको माइक्रोफाइनान्सको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा एपेक्स कलेजका प्रद्यानाध्यापक एलपी भानु शर्माले इटालीबाट आएका विद्यार्थीलाई स्वागत गर्न पाएको खुसी व्यक्त गरे ।