रमाइलो तिहार

रमाइलो तिहार

भाइबहिनीहरू, यस वर्षको तिहार हाम्रो घरआँगनमा आइसकेको छ । गत शुक्रबार काग र शनिबार कुकुरलाई पूजा गरेर काग र कुकुर तिहार त हामीले मनाइसकेका छौं । आज लक्ष्मीपूजा अर्थात् धनकी देवी लक्ष्मीलाई पूजा गर्ने दिन । आजको दिनमा हरेकले आफ्नो घर सफा गरेर त्यसलाई फूल, माला र बत्तीले बेहुलीझैं सजाएर चिटिक्क पार्छन् ।

अनि साँझपख फलफूल, मिठाईलगायतका सामग्रीसहित लक्ष्मीको पूजाआराधना गरिने चलन छ । आजको दिनमा ठिमीकी जिया श्रेष्ठले पनि आफ्नो ममीलाई घर सजाउन र पूजामा सहयोग गर्ने भएकी छन् । शंखधर मेमोरियल स्कुलमा पढ्ने उनले पूजा सकाएर आफ्नो साथीहरूसँग भैली खेल्न जाने योजना बनाएकी छन् ।

यस दिन भैली खेल्ने गरिन्छ । परम्पराअनुसार कुमारी कन्याले भैली गीत गाउँदै घरघरमा गएर खेलिने खेल भैली हो । त्यसैगरी गोवद्र्धन पूजाका दिन कुमार केटाहरूले खेल्ने खेललाई देउसी भनिन्छ । तर हिजोआज दुवै दिनमा महिला पुरुष दुवै देउसी भैली खेल्न हिँडेको पाइन्छ । भाइबहिनीहरूले पनि आफ्नो अनुकूलता मिलाएर जुनसुकै दिनमा देउसीभैलो खेले पनि यसलाई केही मर्यादित भने बनाउनुपर्छ ।

देउसीभैलो गीत गाउने नाममा अरूलाई चोट पर्ने खालका गीत गाउनु हुँदैन । त्यसैगरी घरबेटीले आफ्नो गच्छेअनुसार दिएका दक्षिणामा नाइँनास्ती गर्नुहुँदैन । देउसीभैलो पैसा कमाउन होइन, संस्कृति जोगाउन र तिहारमा मनोरञ्जन गर्न खेलिने खेल हो भन्ने हामीले मनन् गर्नुपर्छ । तिहारमा घर सजाउन विभिन्न किसिमका बत्तीहरू बालिन्छ । दियो वा मैनबत्ती बाल्दा त्यसको आगो अन्त सल्किएर आगलागीसम्म पनि हुन सक्ने भएकाले यसमा सचेत हुनुपर्छ ।

हामीले यस्ता पर्व मनाइरहँदा आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ भन्ने पाठ पनि सिक्नु उत्तिकै आवश्यक छ ।

त्यसैले बिजुलीबत्ती पनि धेरै बालिने हुनाले खुला तारले करेन्ट लाग्नुका साथै तारमा अल्झेर लड्नेसमेत डर हुन्छ । यसमा पनि भाइबहिनीहरू होसियार हुनु आवश्यक छ । तिहार पटाकाको चाड पनि हो । तर हिजोआज शान्ति सुरक्षाका कारण पटाका किनबेचमा छुट छैन ।

तैपनि मानिसले लुकिछिपी पटाका किनेर छरछिमेकलाई समेत असर पर्ने गरी यसलाई पड्काउने गर्छन् । यसो गर्नु राम्रो भने होइन । चाडपर्वमा रमाइलो गर्ने नाममा अरूलाई बाधा पुर्‌याउनु हुँदैन । त्यसैले भाइबहिनीहरूले पनि यस्ता ससाना कुरामा ध्यान दिनुपर्छ ।

तिहारको अन्तिम दिन मनाइने भाइटीकाको लागि पनि तिमीहरू निकै उत्साहित छौ होला । यस दिन दिदीबहिनीले आफ्नो दाजुभाइलाई टीका लगाई मीठा परिकार, मसला र उपहार दिने गर्छन् । दाजुभाइले पनि आफ्नो गच्छअनुसार उपहार र दक्षिणा दिन्छन् ।

सैनिक आवासीय महाविद्यालयमा कक्षा ६ मा अध्ययनरत मिमांशा ढुंगेल पनि आफ्नो भाइलाई टीका लगाइदिएपछि उसले के उपहार दिन्छ होला भन्नेमा उत्साहित छन् । तर भाइटीकाको महत्त्व भने यी विभिन्न सामग्रीमा भन्दा दाजुभाइ दिदीबहिनीबीचको माया र प्रेममा नै अडेको हुन्छ ।

हामीले यस्ता पर्व मनाइरहँदा आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ भन्ने पाठ पनि सिक्नु उत्तिकै आवश्यक छ ।

अंकुरको तर्फबाट सम्पूर्ण भाइबहिनीहरूलाई तिहारको धेरै धेरै शुभकामना ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.