उच्च सुरक्षाबीच मुखर्जी भ्रमण

उच्च सुरक्षाबीच मुखर्जी भ्रमण

काठमाडौः तीनदिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि सरकारले एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन गरेको छ । मुखर्जी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएसँगै नेपाली सेनाको नेतृत्वमा सुरक्षा व्यवस्था चुस्त पारिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भारतीय राष्ट्रपति मुखर्जी र उनको भ्रमण दलका सदस्यको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले नेपाली सेनाको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार तहमा सुरक्षाकर्मी परिचालित गरिएको जानकारी दिए । ‘आवश्यकता हेरेर राष्ट्रपतिज्यूको सुरक्षामा सुरक्षाकर्मी परिचालित गरेका छौं,' पन्थीले भने ।

मुखर्जीको नेपाल भ्रमण तय भएयता नेपाल र भारतीय सुरक्षा अधिकारीसहितको संयुक्त टोलीले सुरक्षा व्यवस्था निगरानी गरिरहेका थिए । भारतबाट असोज अन्त्यमा आएको सुरक्षा टोली काठमाडौं, पोखरा र जनकपुरको स्थलगत भ्रमण गरेर फर्किएको थियो । गृहका अनुसार भ्रमण तय भएपछि भारतीय सीमावर्तीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विशेष निगरानी हुँदै आएको थियो ।

भारतीय गुप्तचर निकायको समन्वयमा गरिएको सुरक्षा विश्लेषणअनुसार आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले मुखर्जीमाथि अपमान गर्नसक्ने सम्भावनालाई केन्द्रमा राखेर सुरक्षा योजना तयार पारिएको विशेष सुरक्षा स्रोत जनाउँछ ।

‘सुरक्षा थ्रेट कसलाई कति हुने वा नहुने भन्दा पनि त्यो आवश्यकता हेरेर सुरक्षा व्यवस्था मिलाएका छौं, सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ', प्रहरी मुख्यालयका एक उच्च अधिकृतले अन्नपूर्णसँग भने, ‘भारतले लगाएको नाकाबन्दीपछि नेपाल-भारत सम्बन्धमा देखिएको उतारचढावतर्फ पनि हामीले मूल्यांकन गरेर सुरक्षा व्यवस्था तयार गरेका छौं ।'

राष्ट्रपति मुखर्जी त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै शीतलनिवास पुगेका थिए । त्यहाँबाट लैनचौरस्थित भारतीय दूतावास गए । दूतावासबाट होटल हायात पुगेका उनी साँझ सोल्टी होटलमा आयोजित राजकीय भोजमा सहभागी बनी पुनः हायातमै फर्केका थिए ।


नेपाली सेनाको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार तहमा सुरक्षाकर्मी परिचालन

उनी हिँड्ने सवारी रुटमा सेनाको कारगेटले सुरक्षा व्यवस्था मिलाएको थियो भने पिछुवा टोलीमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले सुरक्षा पहरा दिएका थिए । सुरक्षालाई ध्यानमा राखेर जामरसहितको गाडीले राष्ट्रपति मुखर्जीको स्कटिङ गरेको थियो ।

सेनाले हेलिकोप्टरमार्फत राष्ट्रपति मुखर्जी हिँड्ने रुटमा गस्ती गरेको थियो भने सेना, प्रहरी र सशस्त्रले अग्ला घरबाट ‘हाई प्वाइन्ट' ड्युटी गरेका थिए । भारतीय राष्ट्रपति मुखर्जीले जनकपुर र पोखरा भ्रमण गर्ने कार्यक्रम रहेकाले सीमावर्ती क्षेत्रमा समेत स्थानीय प्रशासनले कडाइ गरेको छ ।

राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि बनेको एकीकृत सुरक्षा रणनीतिअनुसार सेनाबाट सहायक रथी ईश्वर हमाल, नेपाल प्रहरीबाट डीआईजी हेमन्त पाल, राष्ट्रिय अनुसन्धान विभागबाट अनुसन्धान निर्देशक यादव रेग्मी र सशस्त्रबाट एसएसपी वंशीराज दहालले सुरक्षाकर्मी परिचालित गर्दै आएका छन् । सुरक्षाकर्मी परिचालनका लागि नक्सालस्थित प्रहरी मुख्यालय र राष्ट्रपति मुखर्जी बस्ने होटल हायातमा कमान्डपोस्ट राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.