कथा-हिउँको मूर्ति

कथा-हिउँको मूर्ति

जाडोको मौसम थियो । राति हिउँ पर्‌यो । लगभग हिउँ रातभर नै पर्‌यो । बिहान हिउँ पर्न बन्द भयो । तर बगैंचामा भने हिउँ लपक्कै थियो । मितु र नितु बिहान उठ्नेबित्तिकै बगैंचामा हिउँ देखेर खुसी भए ।

दुवैले बगैंचामा भएको हिउँ जम्मा पारे । उनीहरूले हिउँको एउटा आकृति बनाए । त्यस आकृतिमा उनीहरूले टाउको बनाएर जोडे । हात बनाए । खुट्टा बनाए । मुख, कान बनाए । दुईवटा सानासाना काला ढुंगाका आँखा बनाइदिए । नाकको लागि पनि अलि लामो ढुंगा लगाइदिए । मूर्ति तयार भयो ।

मितुले आफूले लगाउने टोपी लगाइदिइन् । आहा ! 'हिउँको मूर्ति कति राम्रो भयो ।' अब मूर्तिलाई कमी थियो त एउटा गल्बन्दीको । नितु फेरि दगुर्दै घरभित्र गइन् र आफ्नो गलबन्दी ल्याएर हिउँको मूर्तिलाई लगाएदिइन् । 'लौ अब मूर्ति तयार भयो,' दुवैले ताली बजाए ।

अब दुवैजना हिउँको डल्ला बनाएर एकअर्कालाई हानाहान गर्न थाले । हिउँको मूर्ति भने उनीहरूको खेलमा रमाए जसरी ठिंग उभिएर उनीहरूलाई हेरिरहेको थियो ।

'ओहो ! कति मजा ! हुर्रे ।' दुवैको शरीरभरि हिउँ नै हिउँ भयो ।
त्यत्तिकैमा सानो बिरालो पनि उनीहरू भएको ठाउँमा आयो । बिरालोलाई पनि हिउँले हाने । बिरालोको शरीरमा हिउँ पर्नासाथ चिसो भए छ क्यारे 'म्याउँ म्याउँ...' गर्दै लुसुक्क घरभित्र छिर्‌यो ।

बिहानीका घाम लागे । घामको किरणले हिउँ अझ टल्किन थाल्यो । उनीहरू दुवै हिउँ हानाहानमै व्यस्त थिए ।
त्यत्तिकैमा आमाले 'नानी हो ! खाजा खान आओ,' भनी बोलाउनुभयो ।

दुवैले शरीरमा लगाएको हिउँ टक्टक्याए । अनि आफूले बनाएको मूर्ति राखेको ठाउँमा गए ।
'लौ, खोइ त हाम्रो मूर्ति ? ' यताउता हेर्न थाले । मूर्ति भेटिएन ।
'लौ न छिटो आओ' आमा उनीहरूलाई बोलाउँदै बाहिर निस्कनुभयो ।

उनीहरूले धुइँपताल केही खोजेको देखेर 'के खोजी रा'छौं ? ' आमाले सोध्नुभयो ।
'हामीले अघि भर्खरै बनाएको हिउँको मूर्ति ।' दुवैले एउटै स्वरमा भने ।
'ए ! त्यो त घामले पग्लिसक्यो होला । यी हेर त अरु ठाउँमा पनि हिउँ पग्लिसक्यो ।' भुइँतिर देखाउँदै आमाले भन्नुभयो ।

'हो त रहेछ ।' नितुले अघि आफूले आँखा र नाक बनाएको ढुंगा र गलबन्दी हातमा लिँदै भनिन् ।
'ल हिँड खाना खान' भन्दै आमा भित्र पस्नुभयो । आमाका पछिपछि एउटीले टोपी र अर्कीले गलबन्दी हातमा नचाउँदै भित्र पसे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.