क्रिष्टियानो रोनाल्डो सन् २०२१ सम्म रियल मड्रिडमै रहने
![क्रिष्टियानो रोनाल्डो सन् २०२१ सम्म रियल मड्रिडमै रहने](https://annapurnapost.prixacdn.net/media/albums/ronaldo-5821a72a92aa46.22913108_W5anRkxERL.jpg)
काठमाडौंः पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ पाँच वर्षको सम्झौता गरेका छन्।
सम्झौतासँगै अब रोनाल्डो सन् २०२१ सम्म रियल मड्रिडमै रहनेछन्। रोनाल्डो र रियल मड्रिडका अध्यक्ष परेजबीच सोमबार अबेर पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर भएको छ।
नयाँ सम्झौता अनुसार रोनाल्डोले पहिलेकै जति प्रतिसाता तीन लाख ६५ हजार पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउनेछन्। नयाँ सम्झौता अनुसार ३१ वर्षीय रोनाल्डोको सम्झौता सकिँदा ३६ वर्षका हुनेछन्।
रोनाल्डोको पारिश्रमिक बार्सिलोनाका लियोनल मेसीको भन्दा बढी हो। मेसीले प्रतिसाता ३ लाख ३१ हजार पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउँछन्। रियल मड्रिडकै स्टार खेलाडी ग्यारेथ बेलले प्रतिसाता २ करोड ४० लाख पाउन्ड स्टर्लिङ पारिश्रमिक बुझ्छन्।
सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आए यता रोनाल्डोले ३६० खेलमा ३ सय ७२ गोल गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)