अपडेटः ४२ प्रान्तको मत आयो, ट्रम्पको २४४ क्लिन्टनको २१५
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणनाको कार्य जारी छ । अहिलेसम्म ४२ प्रान्तको मतगणना सकिएको छ ।
पछिल्लो परिणाम अनुसार डोनाल्ट ट्रम्पले अग्रता लिएका छन् । उनले २४४ इलेक्टोरल भोट पाएका छन् । हिलारी क्लिन्टनले भने २१५ मत ल्याएकी छन् ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
क्लिन्टनले कनेक्टिकट, न्युयोर्क, इल्लिन्वाइ, न्यु मेक्सिको, भर्जिनियाबाट विजयी मत पाएकी छन् भने ट्रम्पले मोन्टाना, आक्र्यान्सस, टेक्सास, नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ्ग, क्यान्सास, नेब्रास्का, मिस्सिसिप्पी, टेनेस्सी, अलाबामा, लुजियाना, मोन्टाना, मिसाउरी, ओहायोमालगायतका स्थानबाट विजयी मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
४