डोनाल्ड ट्रम्पलाई जित्न अब चार मत बाँकी
एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्पलाई जित्न अब चार मत बाँकी छ । उनले अहिलेसम्म २ सय ६६ मत ल्याएका छन् । त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले २ सय १८ मत ल्याएकी छिन् ।
मत सर्वेक्षणको अन्तिम परिणाम आउन बाँकी रहेपनि अब ट्रम्पले जित्ने संभवना बढेको छ । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुने छन् ।
ट्रम्प आफ्नो टिमका साथमा चुनाव अभियान मुख्यालयमा बसेर नजिता हेरिरहेका छन् । ट्रम्पको साथमा रनिङ मेट माइक पेन्स पनि छन् । र, चुनावी परिणामलाई लिएर ट्रम्प उत्साही देखिएका छन् ।