यसरी भए नेपालमा दलित

यसरी भए नेपालमा दलित

राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकास गर्ने सिलसिला हेर्ने हो भने दलित जातिको लामै इतिहास रहेको पाइन्छ नेपालमा । 'राजा हुन चाहियो जे खोज्यो त्यही पाइयो' भन्ने उखानको अर्थसहित नेपालमा दलित जातको उत्पत्तिको बारेमा खोज्ने प्रयास गरेको छु ।

राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइभारदारका बीचमा राजपरिवारमा छलफल भयो । त्यसपछि जयस्थिति मल्लले विचार गरे, अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे । राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ ।

त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्‌यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ-महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो- गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो ।

तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए- यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।

त्यही क्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाको रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । बिहानको समयमा बोकाको बलि चढाउने बेलामा खुकुरीको आवश्यक पर्‌यो । त्यो कहाँबाट ल्याउने हो भन्नेबारे छलफल भयो । त्यसै बेलामा फलामसम्बन्धी ज्ञान भएकाहरूको भेला गराइयो । राजाबाट हुकुम भयो-कसले यो काम गर्न सक्छ ? एकजनाले फेरि म बनाउन सक्छु भनिहाल्यो । त्यसपछि उनी त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि स्याबासी पाएछन् ।

त्यहीबेला रानी पनि त्यहाँ आइपुग्दा उनले भनिन्-यो कसले बनाएर ल्याएको हो ? तरबार बनाउनेले भन्यो- मैले हजुर । अनि रानीले पड्केर भनिछन्-तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन । अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफूले बनाएको समान राजा-महाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो ।

त्यसपछि त्यो तरबार लुवाबाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई लोहार जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो दलित भनेर चिनियो । त्यो नै दलितलाई अभिशाप बन्न गयो ।

यसैलाई कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला-पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो ।

 

तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ ।

आजका दलितले पनि त्यही दुर्गति भग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रस्ट भएको पाइन्छ । राष्ट्रिय नागरिक अदालतले सन् १८५४ मा मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषण गर्‌यो, तर कार्यान्वयन भने हुन सकेन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियति भोग्दै आएका छन् ।

नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक पाइन्छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिलाई मात्र जगेर्ना गर्न सकेकोमा उनीहरू आफैंमा भरिपूर्ण हुनेछन् । नेपालमा भएको दलित जातको बारेमा पनि थुप्रै अनुसन्धान नभएको पनि होइन, केवल कागजमा मात्र सीमित भएका छन् ।

कुनै न कुनै तवरबाट दलितहरूलाई अपहेलित गर्ने प्रचलन अद्यापि छ । त्यो नै दलितको लागि अभिशाप बन्न गयो ।

त्यसैको विकसित स्वरूपमा नेपालमा जातिप्रथाको जग बस्यो र पछि पृथ्वीनारायाण शाहले पनि भुरेटाकुर राजाहरूलाई एकीकरण गर्दा खासै दलितहरूलाई लडाइँको बेलामा प्रयोग गरे । जातीय भेदभाव अन्त्यको पहल नै गरिएन । भारतमा महात्मा गान्धीले गरेजस्तै गरे । सिंगो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन । मनिराम गाइने, बागे सार्की, बिर्खे नकर्मी, दिलबहादुर रम्तेल जस्ताले दलित मुक्ति आन्दोलनको लागि आफूहरू बलिको बोको भए । जसको फाइदा अगुवाहरूले उठाए । दलित भने जहाँको त्यहीं । वाचा गरे लडाइँको बेला अनि फुक्का पारे तिनीहरूको शक्ति र भक्तिलाई ।

दलित वृद्धाले सधैं भने गर्छन्-दलितहरू सीपयुक्त हुने भएकाले काममा लगाउने तर फल उपल्लो जातकाले खाने ? कुनै न कुनै तवरबाट उनीहरूलाई अपहेलित गर्ने प्रचलन छ । एक्काईसौं शताब्दीमा आइपुग्दा दलित जातको बारेमा भएका अनेकौं खोजबिनले पनि दलितको इतिहास लामो रहेको पाइन्छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.