काष्ठकलाका केही सन्दर्भ
![काष्ठकलाका केही सन्दर्भ](https://annapurnapost.prixacdn.net/media/albums/tejeshor-gwang-58268f9a52c7a4.03550525_TSMNt0GavK.jpg)
काष्ठकालिगडी कार्य अहिले निकै लोकप्रिय रहे, बनेको छ । यो उद्योग अहिले झनै लोकप्रिय हुँदै अगाडि बढ्दै छ । जतिजति काष्ठ उद्योग लोकप्रिय बन्दै, बढ्दै छ, त्यसै अनुपातमा यो कार्य चुनौतीपूर्ण भइरहेको छ । चुनौतीपूर्ण अवस्थाका मूल आयाम शिल्प साधनासितै आबद्ध हुँदै आएको छ ।
शिल्पसाधनायुक्त काष्ठकारिता सबैका लागि प्रियवस्तु बन्छ । शिल्पसाधनायुक्त काठका उपभोग्य वस्तुले सबैको दृष्टिलाई खिच्छ, तान्छ, आकर्षित गर्छ । शिल्पसाधना भन्नु नै लोकको दृष्टिलाई लोभ्याउन सक्ने कालिगडी हो । कसैलाई लोभ्याउन जादुगरीले भरिएको शिल्प÷सीप प्रयोग गर्नु हो । शिल्पसाधना गर्नु शिल्पकारका शिल्पी क्षमता प्रदर्शन गर्नु हो ।
सक्षम कालिगडका कार्यकलाले नै काष्ठकारिताको महिमा जगाउँछ । प्रवीण÷निपुण कालिगडको काम शिल्प, साधनाले गर्दा काष्ठ उद्योग महिमामय जाँचिन्छ । महिमामय शिल्प साधनाले काम गर्ने कालिगडको मात्र मानसम्मान र इज्जत वृद्धि हुने नभई काष्ठकालिगडी उद्यमकै वर्चस्व वृद्धि गर्छ, गराउँछ ।
युगीन काष्ठगरी शिल्प शैली
हाम्रा प्राचीन र मध्यकालीन समयका काष्ठकारी शिल्प÷शैली निकै भिन्न खालका थिए । तत्कालीन काष्ठकारी शैली आजको भन्दा धेरै नै भिन्न कोटीका छन् । मध्यकालीन काष्ठकालिगडीको प्रत्यक्ष दर्शन गर्न सकिने ज्वलन्त उदाहरण त्यस युगमा निर्मित मन्दिर, स्तूपा, राजप्रसाद÷दरबारहरूमा प्रचुर पाइन्छन् ।
मन्दिरहरूका निर्माण शैली र शिल्पले युगलाई प्रतिनिधित्व गर्छन् । तिनै काष्ठकारी शिल्पले लिच्छविकाल, मल्लकाल र पछिल्ला शाहकालीन शैलीलाई प्रतिनिधित्व गर्छन् । लिच्छविकालीन शिल्पसाधना बढी मिहिन रूपमा प्रस्तुत छन् । मन्दिरमा मूलतः सबैले प्रत्यक्ष रूपमा देख्न र हेर्न सकिने जीवन्त काष्ठकारिता भक्तपुरको उत्तर पर्वत शृंखलाको पश्चिमवर्ती थुम्कामा बने बनाइएका चाँगुनारायण मन्दिर रहेको छ ।
त्यसमा कुँडिएका काष्ठमूर्ति र मन्दिर परिसरका शिलामूर्तिका मानवदेवी मूर्तिहरूले प्रतिनिधि नमुना उदाहरण प्रस्तुत भए गरिएका छन् । त्यसकालीन शिल्प साधनाले मानव देश÷शरीरका बनोटमा मानिस÷देव आकृतिका लाम्चे अनुहार लामा हात, खुट्टा, नाक आदि दर्शन गर्न पाइन्छ, सकिन्छ ।
मध्यकालीन मल्ल काष्ठकारी शिल्पसाधना त्यसभन्दा केही कम हात खुट्टा लम्बाइको देख्न पाइन्छ । यी तथ्यहरूले त्यसबेलाको यथार्थ दर्शाइरहेका हुन्छन् । यी र यस्तै अन्य सेरोफेरोका वास्तुकलाका यथार्थ मूर्तिकला साधनाले त्यस जमानाका वस्तुगत तथ्य प्रत्यक्षीकरण गरिरहेका हुन्छन् । हाम्रा लागि ती सबै सम्पदा सही तथ्य बताउने सम्पदा सूची रहेका छन् ।
यसबाहेक आफ्ना जीवनकालमा उपयोग गरिने सयनागार÷खाट, पलङ कुन रूपका रहे बने अहिले तिनको लेखाजोखा गर्न सकिने सबुद हाम्रा समय बचे खुचेका पाइन्नन् । केही रहे, बचेका साधनहरू ढुंगाका सिंहासनहरू हुन् । भक्तपुर तुलजा मन्दिर परिसरका कुमारी चोकभित्रका शिला सिंहासन अनि काठमाडौं वसन्तपुर हनुमान ढोकाभित्रका र ललितपुर दरबार परिसरका केशवनारायण चोकका साथै अन्य चोकमा रहेका राजप्रसाद सामग्री साधनहरूले हाम्रा प्राचीन मध्यकालीन काष्ठकालिगडीका प्रतिनिधि शिल्प र कालिगडीका नमुना पेस गर्दछन् ।
तिनका विश्लेषण र व्याख्यान निमित्त अरू अथक अभियान गर्नुपर्ने अवस्था छ । जेहोस् हाम्रा पूर्वज, अग्रज र वर्तमान काष्ठ शिल्पकार बन्धुहरूले चलायमान रूपमा गति दिँदै आएका काष्ठकारी कला, सीप साधनहरू भविष्यका पुस्ता निमित्त एउटा बेजोड नमुना अभियान बन्न सक्दछ । यस युगका नवपुस्ताका काष्ठकारी शिल्प साधकहरूका लागि शौभाग्यपूर्ण अवसर बनेको छ ।
काष्ठकालिगडीताका आयाम
काष्ठ शिल्पकारी उद्यमका अनेक पक्ष र आयाम छन् । काष्ठकालिगडी एक पक्ष गृह निर्माणमा प्रयोग हुने झ्याल, ढोका, खापा आदि रहेका छन् । जंगल सबै सखाप भइसकेका अवस्थाको यो समयमा अब हाम्रा सबै परम्परागत शिल्प शैलीमा निर्माण गर्न सकिने अवस्थामा न्यून रहेको छ । यसकारण मठ मन्दिर, गुम्बा र प्राचीन सांस्कृतिक सम्पदाका निधि बनेका वास्तु कलाहरूमा परम्परागत काष्ठकालिगडी प्रयुक्त हुनु, रहनु वाञ्छनीय छ । काठै प्रयोग गर्न नसकिएला जस्तो अभावग्रस्त स्थितिले हामीमा निकै चुनौतीमा चपेटिएका छौं । थप रूख रोपेर नवीकरण गर्ने अवस्था सिर्जना गर्न पनि हाम्रै थाप्लोका नाम्लो होइन कसरी भनौं ?
काष्ठकारिता वन्य स्रोत
काठेसामग्री तयार गर्न उपयुक्त काठका प्रकरणहरू ठीक तवरले प्रयोग नगरी नहुने हामी सबैलाई थाहा भएकै सन्दर्भ हो । पहिलेपहिलेका जमानामा पाइने काठका प्रकरणहरू प्रायशः मासिसकेका छन् । उहिले अहिल्यै पाइने वनस्पति र जलवायु अहिले हाम्रो परिवेशमा उपलब्ध छैनन् । ती सबै शृंखला एकै उचाइमा नरहेकाले फरकफरक प्रकारका रूखहरू प्राकृतिक रूपमै हुर्के बढेका थिए । चाँगुनारायण परिधिका शृंखलामा चम्पकका बोटबिरुवाहरू प्रशस्त थिए । अहिले त्यसतिर एउटैमात्र पनि चाँपका रूख बिरुवा पाइन्न ।
चम्पक शब्द संस्कृत भाषाका हुन् । चम्पक नेपाली चाँप र नेपाल भाषामा चाँ रह्यो । नेपाल भाषामा गु जंगल हुन्छ । चाँ र गु दुई एकाक्षरी शुब्द जुटेर चाँगु बन्यो । चाँगुको अर्थ चाँपको जंगल हुन्छ ।
अहिले चाँगुनारायण स्थान काठमाडौंली नेपालभाषाका शब्द अर्थबमोजिम चंगुनारायण स्थानको मासिएको वन चंगु बन्न पुगेको छ । हजारौं वर्ष पुरानो चाँपका झ्याल, ढोका, खापा, टुँडाल र थामबाहेक अब एकै इन्चका चाँप टुक्रासम्म पनि नपाइने वस्तुस्थिति हाम्रै यथार्थ बनेका छन् ।
त्यसताका तिनै चापका काठबाट मन्दिरका देवताका सिंहासन, पुजारीका आसन बन्ने गर्दथे । चाँप सबैभन्दा नरम, चिल्लो, चहकिलो, कीराले नखाने काठ हो । मात्र यसलाई पानीबाट सुरक्षित राख्नु आवश्यक छ । हाम्रो भक्तपुर दरबार परिसरका पचपन्न भ्mयाल, ढोका र टिकीझ्याल र चौकोसहरू सबै नै चाँप काठबाटै बने बनाइएका थिए । यो मेरो प्रत्यक्ष दर्शनका गुहाई हुन् ।
काष्ठकालिगडी विम्ब र प्रतीक
तुलजा भवानी परिसरमा निर्मित प्रायः सबै ढोकाका बलुंपु काठका समानान्तर दुबै खापाका बीचबीचमा आँखाका मूर्त आकार कुँडिएर अलंकृत गरिएका हुन्थे । त्यस्ता नयन अभिराम मूर्त आँखाका अलंकार शृंगार मेरै तन्नेरी बैंससम्मै प्रत्यक्ष दर्शन गर्न पाइन्थ्यो । राजा महेन्द्र वीर विक्रम शाहका राज्यभिषेकका बेला नवीकरणको निहुँमा प्रतिस्थापन गरिएका थिए ।
त्यसपछि पनि समयका अन्तरालमा भएका पुनस्र्थापनसित लोप भएका छन् । मलाई लाग्छ ती कार्यकलाप कुनै हलसम्म लोभ मोह बस भए गरिए हुन् । कति हदसम्म त ढोकामा आँखा कुँडेर एकआपसमा सान्दर्भिक प्रतीक र विम्ब विधानका रहस्य उद्घाटन गर्न गराउन सहज र सुगम बन्नुकै शुभेच्छा सन्देशवाहक छन् । ढोकाका, खापाका दुवै बलम्पुका मध्यभागमा दुई आँखा जडान हुनु, गर्नुका रहस्य ढोकाका खापा नखोलुञ्जेल भित्र के छन् थाहा हुन्न ।
ढोका खुलेपछि नै मात्र कोठाभित्रका यावत् वस्तुभावहरू प्रत्यक्ष देख्न सकिने हुन्छ । जसरी ढोका खोलेर कोठाभित्र रहेका वस्तुभावहरू देख्न सकिन्छः त्यसरी नै आँखा खोलेरमात्र सबै थोक देख्न सकिन्छ । मात्र ढोका खोल्दा कोठाभित्रका वस्तुभाव देख्न सकिने भए, आँखा उघारेर सम्पूर्ण बाहिर रहेका प्रकृति र मानवकृत वस्तुतत्वहरू छर्लंग देख्न सकिने भित्री र बाहिरी वस्तुभाव देन्नुमा फरक रहुन्छ ।
वास्तवमा यसरी मूर्त र अमूर्त भाव, धारणामा मिसिएका रहस्य उद्घाटन हुन आउँछ । हाम्रा पूर्वजहरूले काष्ठ कालिगडीमा प्रयोग गरिएका शिल्प साधनाले काष्ठकारी शिल्पी उद्यमको महिमा अत्यन्त प्रगाढ तवरले उच्च कोटी अनि महिमावान् रहेका छन् ।
यसबाहेक हाम्रा पुख्र्यौली ढोकाका चौकोस र तोरणहरूमा प्रयुक्त काष्ठकालिगडीका पनि उत्तिकै उच्च महिमा छन् । तिनीहरूमा कँुदिएका मूर्ति र वस्तुहरू जीवनमूलक छन् । तिनमा जीवन दर्शन देख्न सकिन्छ । आधुनिक विज्ञानसम्मत बीजगणित, रेखागणितका रेखांकन भेटिन्छन् ।
बिना विज्ञान काष्ठकालिगडी शिल्पसाधना गर्न सकिन्न, भएका पनि हुन्नन् । यस दृष्टिकोणले काष्ठकारी शिल्पसाधनाको विश्लेषण गर्दा हाम्रो पूर्वज शिल्पकार महानुभावहरू एकदम उच्च घरानका व्यक्तित्व ठहरिन आउँछ । त्यस्ता उच्च घरानका काष्ठकालिगडिता अन्तर निहित सारभूत महिमाका रहस्य खोतल्न हामीले अब आफ्नै भित्री आँखा खोल्नु जरुरी छ । तोरण महिमा नितान्त सौरवपूर्ण गाथाले भरिपूर्ण छ ।
संक्षेपमा ढोकाको सिरानमा रहेका तोरण काष्ठकालिगडीका शिल्प साधना शैली हाम्रा पूर्वीय सम्पदा अन्तरगतका गौरव गाथा नै रहेको छ । यसमा वर्तमान पिँढीका काष्ठ शिल्पकार बन्धुबान्धवहरू सबैले पनि पुर्खाले सिर्जेका सम्पत्ति हाम्रो कला र संस्कृति आफ्नै वर्चश्वशाली गौरवगाथा ठान्नु, मान्नु जरुरी ठान्छु ।
काष्ठ फर्निचर जीवन सज्जा
प्राचीन र पुरातनकालमा प्रयोगमा रहेका केही धार्मिक स्थल मठ, मन्दिरहरूमा प्रयुक्त भएका सामान्य काष्ठ वस्तुहरूका छोेटोमोटो चर्चा माथि नै उल्लेख भइसके । त्यसकै सिलसिला थप चर्चा गर्नैपर्ने अझै एक दुई काष्ठ कालिगडी वस्तु छन् । ग्रन्थहरू वचन गर्दा, पुराणवाचन गर्दा काठका किताब राख्ने, अड्याउने सफुबासा, पण्डितका आसन, पुराणवाचन गर्ने पाण्डल आदि हुन् ।
युग जतिजति अगाडि बढ्छ त्यति नै काष्ठकालिगडी पनि क्रमिक तवरले अगाडि सर्दै बढ्दै जान्छ, जानुपर्छ । युगीन चाहना अनुसार काष्ठकालिगडी उद्यमले पनि नयाँ शिल्पशैली पनि आत्मसात् गर्दै अगाडि बढ्नु आवश्यक हुन्छ । हाम्रा स्वदेशी र स्थानीय काष्ठकर्मी बन्धुहरूले यस अवस्थामा पुगेर नयाँ पिँढीका शिल्पकारहरू विश्वव्यापी प्रविधिअनुसारका साधन समाग्रीहरू व्यवहारमा ल्याइरहेका छन् ।
यसरी नौलोनौलो प्रविधि र उपकरणहरू प्रयोगमा ल्याइएका कारण अहिले नेपाली स्थानीय काष्ठकालिगडीहरूद्वारा निर्मित फर्निचर सामग्रीहरू चुस्त दुरुस्त आकर्षक बन्दै आइरहेका छन् । जतिजति निर्माण गरिएका काष्ठ उद्यमअन्तर्गतका फर्निचरहरू चुस्त दुरुस्त र मनै लोभ्याउने गरी आकर्षक हुँदै, बन्दै जान्छन् शिल्पकारी उद्योग उत्तिकै फस्ट्याउँदै जान्छ । यो स्वाभाविक सत्य बन्छ नै ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)