विप्लव माओवादीका दुई नेता पक्राउ

विप्लव माओवादीका दुई नेता पक्राउ

दोलखाः आगजनीमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व माओवादीका दुई जिल्ला नेता पक्राउ परेका छन् ।

कात्तिक २७ गते नेपाल बन्दको पूर्वसन्ध्यामा एउटा कार र दुई मोटरसाइकलमा आगजनी गरेको आरोपमा माओवादीका दुई नेता पक्राउ परेका हुन् ।

आगजनीको आरोपमा दोलखा प्रहरीले विप्लव माओवादीका ताम्सालिङ जनसरकार उपप्रमुख यादव दाहाल र जिल्ला नेता कमलकान्त ओलीलाई पक्राउ गरेको हो ।

सोमबार पक्राउ परेका दुई नेतालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। दुवै नेताविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टर ललनप्रसाद कुर्मीले जानकारी दिए ।

दाहाल र ओलीमाथि कात्तिक २७ गते दोलखा उद्योग वाणिज्य संघ महासचिवको कार, जिल्ला विकास समिति दोलाखको मोटरसाइकल र स्थानीय व्यवसायी रविन्द्र पोखरेलको मोटरसाइकल जलाएको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.