प्रधानमन्त्री निवासमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल

प्रधानमन्त्री निवासमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङ्बीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मंगलबार अपरान्ह भएको भेटमा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । चिनियाँ राजदूत यू एक हप्ता अघि कार्यभार सम्हाल्न नेपाल आएकी हुन् । नयाँ चिनियाँ राजदूत आएलगत्तै राष्ट्रपति सिको भ्रमणबारे छलफल अघि बढेको हो ।

२०७३ भित्र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना नरहेको जानकार कुटनीतिक स्रोतले बतायो । दुई साता अघि पत्रकारहरुसँगको एक भेटमा प्रधानमन्त्री दाहालले पनि सोही आशयको भनाई सार्वजनिक गरेका थिए । दाहालले चिनियाँ राष्ट्रपति पुस महिना भित्र नेपाल आउने सम्भावना नरहेको बताउँदै अंग्रेजी नयाँ बर्ष शुरु भएपछि भ्रमण हुनसक्ने उल्लेख गरेका थिए ।

चिनियाँ राष्ट्रपति असोज अन्तिम सातामा भारतको गोवामा आयोजित ब्रिक्स—बिमस्टेक शिखर सम्मेलनमा जाँदा वा स्वदेश फर्किँदा नेपालको भ्रमण गर्ने तय भएपनि नेपालले आवश्यक तयारी नगरेको भन्दै चीनले सिको भ्रमण रद्द गरेको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच बिगतदेखि नै मैत्रीपूर्ण संबन्ध रहंदै आएको बताउँदै राजदूत होङ्को कार्यकाल पूर्ण रुपमा सफल हुने विश्वास ब्यक्त गरेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्द रहेको बताएका थिए । दाहालले नेपालको पुर्ननिर्माण तथा विकासमा चिनियाँ सहयोगका लागि धन्यवाद पनि दिए ।

‘मेरो कार्यकाल नेपाल र चीनबीचको संबन्ध थप सृदृढ गर्नमा केन्द्रित रहने छ’ राजदूत युले भेटमा भनिन् । स्रोतका अनुसरा प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जान इच्छुक देखिएका छन् । चीन सरकारको दाहाललाई निमन्त्रणा भने आइसकेको छैन । दाहालका बिदेश मामिला सल्लाहकार डा. ऋषिराज अधिकारी चीन भ्रमण गरी हालै स्वदेश फर्केका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.