देउवालाई सिंगो पार्टीको सभापति बन्न पौडेलको सुझाव

देउवालाई सिंगो पार्टीको सभापति बन्न पौडेलको सुझाव

हेटौँडः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएका छन् ।

कांग्रेस मकवानपुर पार्टी कार्यालयमा बिहीबार कार्यकर्तासँगको भेटघाटमा नेता पौडेलले सभापति देउवा पुरानो साँघुरो घेरामा अल्झिरहेको आरोप लगाए । ‘देउवाजी पहिला आधा कांग्रेसको सभापति हुनुहुन्थ्यो, अहिले पुरै कांग्रेसको सभापति हुँदा पनि व्यवहारमा खासै परिवर्तन आएको छैन’, उनले भने, ‘पार्टी केन्द्रदेखि वडा तहसम्म पार्टी चिरा पर्दै जानु दुःखद् हो ।’

पार्टीभित्रको गुटबन्दीले निर्वाचनमा अन्तरघात हुने भन्दै नेता पौडेलले त्यसको परिणाम कांग्रेस राष्ट्रिय राजनीतिमा कमजोर हुँदै जाने बताए । कांग्रेसलाई कांग्रेस चिनाउन र कांग्रेस सम्झाउन जरुरी रहेको उनको भनाइ छ ।

तराई मधेश संवाद अभियान लिएर वीरगन्जदेखि जनकपुरसम्मका पार्टी कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्न निस्किएका नेता पौडेल भने, ‘मधेश केन्द्रित दलले राखेका माग मधेशी जनताको हितमा छ छैन बुझ्न पनि अभियानमा निस्किएको हुँ ।’

मधेश केन्द्रित दलहरुको सहमति बिना संविधान कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्दै उनले संविधान कार्यान्वयन नभए गणतन्त्र गुम्ने खतरा रहेको बताए ।

‘यो संविधान कार्यान्वयन नभए संघीयता, लोकतन्त्रलगायत सबै उपलब्धि गुम्ने खतरा छ’, पौडेलले थपे, ‘मधेशी दलहरुलाई सहमतिमा ल्याउन एमाले, माओवादी पनि कांग्रेस जत्तिकै जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ ।’ कांग्रेस वरिष्ठ नेता पौडेलले कांग्रेस मकवानपुरको वेवसाइट पनि उद्घाटन गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.