उपराष्ट्रपति ‘पासाङ’ र नेपालका लागि जापानी राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति ‘पासाङ’ र नेपालका लागि जापानी राजदूतबीच भेटवार्ता

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भएको छ । शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा जापानका राजदूत ओगावाले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपति पासाङले नेपाल र जापानबीचको औपचारिक सम्बन्ध ६० वर्ष पूरा भए पनि दुई देशबीचको सम्बन्ध निकै पुरानो भएको बताए । उनले नेपाल जापानबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिले जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोग बन्न लागेको नागढुंगा सुरुङ मार्ग नेपालको लागि महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै छिटो भन्दा छिटो निर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल र जापानबीच दौत्य सम्बन्ध सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा शनिबार नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुन लागेकोमा खुशी व्यक्त गरे ।

भेटमा नेपालका लागि जापानका राजदूत ओगावाले जापान र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ दुवै देशका लागि विशेष भएको बताए । उनले नागढुंगा सुरुङ मार्ग निर्माण प्रक्रिया चाँडै सुरु हुने बताए । उनले नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले अनुमोदन गरिसकेको जानकारी समेत गराएका छन् ।

भेटमा राजदूत ओगावाले नेपालले केहीं दिन अघि मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधी जितेकोमा बधाइ दिए । उनले जापान र नेपालको दौत्य सम्बन्ध स्थापनाको ४० औँ वर्षगाँठको अवसरमा शनिबार जापान र नेपालबीच हुने मैत्रीपूर्ण फुटबल रोमाञ्जक हुने उल्लेख गरे ।

खेलकूदले सबै पक्षलाई एउटै छातामुनी ल्याउने बताउदै उनले नेपालजस्ता विविधतायुक्त देशमा खेलकूदको विकास गर्नुपर्नेमा जोड दिएको भेटपछि उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.