राजनेताको अभावमा शान्ति प्रक्रिया टुंगोमा पुग्न सकेन: कोइराला
लिवाङ: नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनेता नभएकै कारण विस्तृत शान्ति सम्झौता भएको १० वर्ष बतिसक्दा सम्म पनि शान्ति प्रक्रिया अझै टुंगोमा पुग्न नसकेको बताएका छन्।
नेपाली काँग्रेस रोल्पाले लिवाङमा गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै कोइरालाले सशस्त्र विद्रोहका समयमा ज्यान गुमाएका, बेपत्ता पारिएका र घाइते भएका काँग्रेस कार्यकर्ताहरूप्रति सिंगो पार्टी नै मौन रहेकाले आफू अत्यन्तै दूखी भएको समेत बताए।
उनले माओवादीले बिद्रोह शुरू गर्नु अघि गरेका पूर्व अभ्यासमा मारिएका काँग्रेस कार्यकर्ताका परिवारले क्षतिपूर्ति र राहत पाउनु पर्ने बताउँदै यस विषयमा आफूले सरकारलाई दबाब दिने प्रतिबद्धता समेत जनाए।
प्रतिक्रिया दिनुहोस !
८