रोनाल्डोकी नयाँ प्रेमिका जोर्जिना रोड्रिग्वेज!
![रोनाल्डोकी नयाँ प्रेमिका जोर्जिना रोड्रिग्वेज!](https://annapurnapost.prixacdn.net/media/albums/Georgina-Rodriguez-5836ddbba668b2.88236255_tn9nZRuj8B.jpg)
काठमाडौंः पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले नयाँ प्रेमिकाका साथ पेरिस गएको खुलेको छ।
च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल अन्तर्गत आफ्नो पुरानो क्लब स्पोर्टिङ लिस्वनविरुद्धको खेलका लागि पोर्चुगल जानुअघि रोनाल्डो नयाँ प्रेमिका भेट्न पेरिस पुगेका थिए।
रोनाल्डो नयाँ प्रेमिका जोर्जिना रोड्रिग्वेजसँग पेरिसको डिज्नील्याण्डमा केही समय विताएपछि रोनाल्डो लिस्वन पुगेको बताइएको छ। लिस्वन अघि रोनाल्डो ‘डेट’का लागि पेरिसको डिज्नील्याण्ड पुगेको तस्वीरहरु पनि सार्वजनिक भएको छ।
स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डाले रोड्रिग्वेजसँग डिज्नील्याण्ड पेरिसमा एक दिनसँगै विताएका थिए। कालो चस्मा र कालो ज्याकेटमा सजिएका रोनाल्डो आफ्नी नयाँ प्रेमिसँग किस गरिरहेका तस्विर पनि बाहिर आएका छन्। योसँगै रोनाल्डो फेरि नयाँ प्रेमिकासँग जोडिएको प्रसंगले चर्चामा आएका छन्। २१ वर्षीय रोड्रिग्वेज स्पेनमा जन्मिएकी हुन्।
रोनाल्डो यसअघि पूर्व मिस स्पेन डिजायर कोर्डेरो र क्यासेन्ड्रा डेविससँग प्रेममा परेको चर्चा चलेको थियो। रोनाल्डो गत अगष्टमा क्यासेन्ड्रा डेविससँग मायमी सामुन्द्रीक किनारमा डेट गएको तस्बीर पनि सार्वजनिक भएका थिए।
रसियन मोडल इरिना श्याकसँग ब्रेकअप भएपछि रोनाल्डोको नाम थुप्रै सुन्दरीहरुसँग जोडिदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)