ट्वान्टी–२० एसिया कप क्रिकेटमा नेपालको खराब सुरुवात
![ट्वान्टी–२० एसिया कप क्रिकेटमा नेपालको खराब सुरुवात](https://annapurnapost.prixacdn.net/media/albums/Nepal-womens-national-cricket-team-58395c01e5a827.41577848_JwYNCZkg3X.jpg)
काठमाडौंः नेपालले महिला ट्वान्टी ट्वान्टी एसिया कप क्रिकेटमा खराब सुरुवात गरेको छ। शनिबार बैंककमा भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।
नेपालले दिएको ४८ रनको लक्ष्य पाकिस्तानले १० ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो। बैंकका लागि आइसा जाफरले २६ रनको योगदान दिइन् भने जाभिरिया खान १६ र नैन अविधि तीन रनमा नटआउट रहे।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले १८ दशमलब १ ओभरमा सवै विकेट गुमाउँदै मात्र ४७ रन जोडेको थियो।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले ११, ज्योति पाण्डे र इन्दु बर्माले समान ८–८ रन बनाए। यसैगरी करुण भण्डारीले ६, नीरा राजोपाध्यायले २ तथा सरिता मगर र काजल श्रेष्ठले १–१ रन बनाउँदै पेभिलियन फर्केका थिए।
नेपालका तीन व्याट्स म्यान सवनम राई, सरस्वती कुमारी र नेरी थापाले खाता नै खोल्न सकेनन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)