मन्त्रिपरिषद्बाट  संविधान संशोधन पारित

मन्त्रिपरिषद्बाट  संविधान संशोधन पारित

काठमाडौं : संविधान संशोधनको विधेयकलाई मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ। सिंहदरबारमा बेलुका अबेर सुरु भएको बैठकले विधेयक पारित गरेको हो।

अब यसलाई केही बेरमै संसद् सचिवालयमा दर्ता गराइने छ। विधेयक दर्ताका लागि  संसद्‌का कर्मचारीलाई समेत  बेलुका अबेरसम्म कार्यलय खुलै राख्न लगाइएको छ।

मधेसी मोर्चासहितको गठबन्धनले राखेका मागहरुलाई सम्बोधन गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको हो।संविधान संशोधनमा प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरी चारवटा विषयमा संशोधन गर्न लागिएको छ । 

सरकारले प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याएर विधेयक दर्ता गराउने प्रयास गरेको थियो तर एमाले संविधान संशोधनका पक्षमा सहमत हुन नसकेपछि सरकारले संशोधन दर्ता गराएर सहमतिका लागि पहल गर्ने रणनीतिअनुसार विधेयक दर्ता गराउन सरकार अघि बढेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.