प्यूठानमा कैदीबन्दीको मृत्यु
प्यूठानः प्यूठान कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
जवरजस्ती करणीको अभियोगमा कारागारमा रहेका तुषारा–१ गोव्दी प्यूठानका ६८ वर्षिय नर बहादुर रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कारागारभित्रै एक्कासी बेहोस भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचार गर्दागर्दै मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी रंजितसिँह राठौँरले जानकारी दिए ।
शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाउने काम भइरहेको उनले बताए । मृतक रोका २०७२ असार २० गते जवरजस्ती करणीको अभियोगमा जेल चलान भएको राठौँरले जानकारी दिए । जिल्ला कारागारमा हाल थुनुवा र कैदीवन्दी गरी ६५ जना छन् । यसमध्ये कैदीवन्दी ५२ र थुनुवा १३ जना व्यक्ति रहेको कारागारले जनाएको छ ।