चिनियाँ प्रकाशन टोली अन्नपूर्णमा (भिडियोसहित)

चिनियाँ प्रकाशन टोली अन्नपूर्णमा (भिडियोसहित)

काठमाडौः नेपाल भ्रमणमा रहेको एक प्रमुख चिनियाँ प्रकाशनगृहका प्रतिनिधिको टोलीले बिहीबार अन्नपूर्ण पोस्ट्कर्मीसँग अन्तरक्रिया गरेको छ । तीनकुनेस्थित अन्नपूर्ण पोस्ट् कार्यालयमा आयोजित अन्तरक्रियामा नेपाल-चीन सम्बन्ध र सञ्चारका क्षेत्रमा दुई देशबीच हुनसक्ने सहकार्यबारे छलफल भएको थियो ।

चिनियाँ रिड्याक्टोलोजिकल सोसाइटीका अध्यक्ष हाओ चेङ्सेङले चीन र नेपालबीच सदियौंदेखि मित्रतापूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सञ्चार क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको धारणा राखे । उनले अन्नपूर्ण मिडिया नेटवर्कका विविध पक्षबारे जिज्ञासा राखेका थिए । हाओले चीनमा अनलाइन तथा सोसल मिडियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रभावकारी अनुगमन व्यवस्था गरिएको बताए ।

भिडियो हेर्नुहोस्

चिनियाँ प्रकाशनगृहका प्रतिनिधिले नेपालसँग मिडिया क्षेत्रमा सहकार्य बढाउन नेपाली मिडियाका प्रतिनिधिलाई चीनमा आधुनिक तालिम, प्रशिक्षणजस्ता विषयमा सहयोग गर्न तयार रहेको बताए । अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक युवराज घिमिरेले चिनियाँ टोलीलाई स्वागत गर्दै छिमेकी देश चीन र भारतमा हुने घटनाक्रमलाई अन्नपूर्णले नजिकबाट नियालेर समाचार सामग्री प्रकाशन गर्दै आएको बताए ।

‘छिमेकी देशमा हुने राजनीतिक तथा अन्य महत्वपूर्ण घटनाक्रम नेपाली मिडियाका लागि चासोका विषय हुन् । हामी ती विषयलाई प्रभावकारी रूपमा पस्किरहेका छौं । मिडिया क्षेत्रको विकासका लागि भविष्यमा बलियो सहकार्य पनि गर्न सक्छौं', उनले भने ।

अन्नपूर्णकर्मीहरूले चिनियाँ टोलीसँग चिनियाँ सञ्चारमाध्यमको विकास र अन्य विविध पक्षबारे चासो राखेका थिए । चिनियाँ मिडियामा नेपालबारे कम समाचार सम्प्रेषण हुनुका कारणबारे उनीहरूले सोधेका थिए ।
नेपालस्थित करेन्ट प्रकाशनगृहको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रकाशनगृहका प्रतिनिधिको टोलीले काठमाडौं, ललितपुर र भक्तपुरको पनि भ्रमण गरेको छ ।

करेन्ट प्रकाशनगृहले चिनियाँ टोलीको भ्रमणका अवसरमा बुधबार ‘एक्काईसौं शताब्दीमा न्यु मिडिया' विषयक अन्तरक्रिया पनि आयोजना गरेको थियो । त्यसक्रममा चिनियाँ टोलीले न्यु मिडियाको विस्तार द्रुत भइरहेको र त्यसका सकारात्मक तथा नकारात्मक दुवै पक्ष रहेको बताएका थिए । अन्तरक्रियामा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले चीन नेपालको असल र भरपर्दो मित्र रहेको बताउँदै निरन्तर सहयोगका लागि चीनलाई धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.