स्कुल बस नौ बजेअघि

स्कुल बस नौ बजेअघि

काठमाडौंः सडकमा सवारी चाप बढेपछि यातायात व्यवस्था विभागले नयाँ नियम लागू गरेपनि तत्काल कार्यान्वय हुने छाँट देखिएको छैन ।

विद्यालयको गाडी विहान नौ बजे सम्म विद्यार्थी बोकेर विद्यालयको हाताभित्र प्रवेश गरिसक्नु पर्ने र अपरान्ह साढे चार बजेभित्र विद्यार्थीलाई घर पुर्‍याएर स्कुल हाताभित्र प्रवेश गर्नुपर्ने एक साता अघि विभागले गरेको थियो । तर नीजि विद्यालयहरुको छाता संगठन (प्याब्सन) ले विभागको निर्णयप्रति आपत्ति जनाएको छ ।

विभागले छलफल नै नगरि एक लौटी ढंगले निर्णय गरेको भन्दै प्याब्सनले तत्काल उक्त निर्णय नमान्ने जानकारी प्याब्सनले दिएको छ । प्याब्सनका महासचिव डिके ढुंगानाले भने,‘ हामीसँग छलफल नै नगरी यस्तो निर्णय आउनु आपत्तिजनक छ, विभागले दिएको समयसीमा भित्र विद्यार्थी ल्याउने र पुर्‍याउन सकिंदैन ।'

ढुंगानाले विभागको निर्णय कार्यान्वयनमा जाँदा शैक्षिक कोर्स समेत पुरा गर्न नसकिने बताए । विद्यालयले भाडाका सवारी साधन समेत विद्यार्थी बोक्न प्रयोग गरेपछि सडकमा सवारीसाधनको चाप बढेको निश्कर्ष निकाल्दै विभागले यस्तो निर्णय गरेको हो ।

विभागले विहान ११ बजेदेखि साँझ ६ बजेसम्मलाई व्यस्त समयमा राखेर यो समयभित्र पानी र ईन्धन बोक्ने गाडी बाहेक अन्य डेलिभरी भ्यान रिङरोड भित्र प्रवेश गर्न नपाउने निर्णय गरेको छ । यो समयमा आवश्यकता भन्दा बढी भाडा एवं नीजि सवारीसाधन रिङरोड प्रवेश गरेर सडक अस्तव्यस्त बनेको निश्कर्ष निकाल्दै विभागले यस्तो निर्णय गरेको हो ।

त्यसैगरि यात्रुले अब माईक्रोवसमा उठेर यात्रा गर्न नपाउने निर्णय समेत विभागले गरेको छ । जसअनुसार माईक्रोमा रहेको १२ वटा स्थायी सीट र तीन वटा फोल्डिङ सीटमा मात्रै यात्रु राख्न पाउने छन् । यात्रुले सकश व्यहोर्दै आएपछि विभागले यो निर्णय गरेको हो ।

हामीसँग छलफलै नगरी यस्तो निर्णय आउनु आपत्तिजनक । डीके ढुंगाना प्याव्सन महासचिव
नयाँ निर्णय कार्यान्वयन नभए कारवाही हुन्छ । डा. टोकराज पाण्डे विभाग प्रवक्ता

माईक्रोमा उठेर यात्रु राख्न पाउने भएपछि चालकले सडकमा गाडी राखेर लामो समय यात्रु कुरेपछि सडक जाम हुने निश्कर्ष विभागको छ । विभागले लामा दुरीमा चल्ने वस साँखु र जोरपाटीमा रोक्न समेत रोक लगाएको छ । विभागले यसअघि उक्त स्थानमा वस रोक्न ईजाजत पत्र दिएपनि उक्त ईजाजत खारेज गर्दै नयाँ ईजाजतमा समेत रोक लागएको छ । अब साँखु र जोरपाटीमा अस्थायी वसपार्क बनाएर चलेका लामा दुरीका नयाँ बसपार्कबाट गुडाउनु पर्ने छ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सडक व्यवस्थित गर्न र सवारी चाप कम गर्ने हेतुले यी निर्णय गर्नुपरेको बताए । उनले भने,‘ ट्राफिक प्रहरीलाई राखेर यो निर्णय गर्‍यौं, हामीले यातायात व्यवसायीलाई पनि जानकारी गराईसकेका छौं, निर्णय कार्यान्वयन नभएमा कारबाही हुन्छ ।'

महानगरीय ट्राफिक महाशाखाका डिएसपी सविन प्रधानले विभागको निर्णय अनुसार सुरुको एक साता गाडी चालकलाई सावधानी गराउने र त्यसपछि मानमानेमा कारबाही गर्ने बताए । उनले भने,‘ सडकमा सवारी चापलाई न्युनिकरण गर्ने प्रयास स्वरुप विभागले गरेको निर्णय ट्राफिक प्रहरीलाई मान्य छ, यातायात व्यवसायीले नमाने कारबाही गछौं ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.